आइसिसी विश्वकप २०१९ अन्तर्गत बिहीबार तय भारत र न्यूजिल्याण्डबीचको खेल वर्षाका कारण रद्द भएको छ।
खेल रद्दभएपछि दुबै टोलीलाई एक एक अंक बाडिएको छ। दुबै टोली अपराजित समेत छन्। भारतले सुरुवाती दुई खेलमा दक्षिण अफ्रिका र अष्ट्रेलियालाई पराजित गरेको थियो। न्यूजिल्याण्डले भने बंगलादेश र अफगानिस्तानलाई पराजित गरेको थियो।
खेल रद्द भएसँगै भारतविरुद्ध जुन महिनामा अपराजित रहने शानदार इतिहास न्यूजिल्याण्डले कायमै राखेको छ। जुन महिनामा न्यूजिल्याण्ड भारतसँग कहिलै पराजित भएको छैन्।
यदि भारतीय टोलीले न्यूजिल्याण्डको टिमलाई बिहीबारका लागि तय भएको खेलमा पराजित गरेको भए, जुन महिनामा न्यूजिल्याण्डकाविरुद्ध भारतको त्यो पहिलो जित हुने थियो। तर, वर्षाले भारतको आशालाई निराशामा बदलिदिनुका साथै न्यूजिल्याण्डको अपराजित सिलसिला कायम रह्यो।
भारतले न्यूजिल्याण्डकाविरुद्ध १०७ वानडे खेलेको छ। जसमा ५५ खेल भारतले र ४५ खेल न्यूजिल्याण्डले जितेको छ। बाँकी सात खेल भने अनिर्णित भएका छन्।
यी दुबै देशबीच जुन महिनामा मात्रै बिहीबार छैटौंपटक प्रतिस्पर्धा हुँदैथियो। यसअघि भएको ५ खेलमा न्यूजिल्याण्डले सबै खेल जितेको छ। तीमध्ये तीन खेल भने १९७५,१९७९ र १९९९ को विश्वकपमै थिए। अर्को रोचक प्रंसग त ती खेलहरु हाल विश्वकप भइरहेको इंग्ल्याण्डमै भएका थिए।
विश्वकपको ४४ वर्ष इतिहासमा भने भारत र न्यूजिल्याण्डका बीच बिहीबार आठौं खेल थियो। यसअघि जसमा ४ खेल न्यूजिल्याण्डले जितेको छ भने ३ खेल भारतले जितेको छ। बाँकी बिहीबारको एक खेल भने रद्द भयो।
प्रतिक्रिया