ad ad

खेल


सुरुवाती तीनै खेलमा कुशल भुर्तेलकाे लगातार अर्धशतक

सुरुवाती तीनै खेलमा कुशल भुर्तेलकाे लगातार अर्धशतक

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ९:४८,

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले विश्व टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ दुर्लभ कीर्तिमान कायम गरे।

मंगलबार नेदरल्यान्ड्सविरुद्धको खेलमा अर्धशतकका साथ कुशल भुर्तेल डेब्यू खेलमा सुरुवाती तीनै खेलमा लगातार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।

कुशलले पहिलो खेलमा नेदरल्यान्ड्ससँगको टि–२० आईमा डेब्यू गर्दै ६२ रन बनाएका थिए। दोस्रो खेलमा मलेसियासँग ६१ रनमा अविजित हुँदा आज मंगलबार नेदरल्यान्ड्ससँग ६२ रनको इनिङ खेल्दै दुर्लभ कीर्तिमान कायम गरेका हुन्।

यसअघि टि–२० आईमा यस सफलता कुनैपनि खेलाडीले हात पार्न सकेका थिएनन्। टि२० क्रिकेटमा भने लगातार अर्धशतक प्रहार गर्ने कीर्तिमान वेस्टइन्डिजका क्रिस गेल र न्युजिल्यान्डका पूर्व कप्तान ब्रेन्डम म्याकुलमको नाममा छ। गेल र म्याकुलमले टि२० आईमा लगातार चार अर्धशतक प्रहार गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .