ad ad

खेल


नेदरल्यान्डलाई नेपालले दियो २०७ रनको लक्ष्य, ऐरीको पहिलो अर्धशतक

नेदरल्यान्डलाई नेपालले दियो २०७ रनको लक्ष्य, ऐरीको पहिलो अर्धशतक

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ९:१८,

तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्याण्डसामु २०७ रनको लक्ष्य पेस गरेको छ।

ओपनर कुशल भुर्तेल र उपकप्तान दिपेन्द्र सिंह ऐरील कीर्तिमानी प्रदर्शन गर्दा तीन देश सम्मिलित टि–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले नेदरल्याण्ड्ससामु २ सय ७ रनको चुनौती प्रस्तुत गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रनको योगफल तयार पारेको हो।

नेपालले टी–२० आई क्रिकेटमा दोस्रो ठूलो योगफल तयार पारेको हो। नेपालले यसअघि गत वर्ष घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार पारेको थियो।

ओपनर कुशल भुर्तेलले ६२ र उपकप्तान दिपेन्द्रसिंह ऐरीले ६० रनको कीर्तिमानी प्रदर्शन गरे। ४६ बलको सामना गरेका भुर्तेलले ८ चौका र १ छक्का मद्दतमा ६२ रनको योगदान गरे।

३० बलको सामना गरेका उपकप्तान दिपेन्द्रसिंह ऐरीले ६० रन थपे। उनले ५ छक्का र ३ चौका हाने।

कप्तान ज्ञानेन्द्र मल्ल २०, कुशल मल्ल १८ रनमा पवेलियन फर्के। करण केसी १ रनमा आउट भए। अर्का ओपनर आसिफ शेख शुन्य रनमा आउट भए।

विनोद भण्डारी २१ र सोमपाल कामी २१ रनमा नटआउट रहे। ७ बलको सामना गरेका भण्डारीले ७ रन नै जोडे। १३ बलको सामना गरेका सोमपालले २ चौका र १ छक्का हाने।

नेदरल्याण्ड्सका पिटर सिलार, भिभिन किगंमाले समान २ विकेट लिए। आर्यन दुत, बास डे लिडेले एक एक विकेट झारे।

ऐरीको पहिलो अर्धशतक
राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले टी–२० आई क्रिकेटमा पहिलो अर्धशतक प्रहार गरेका छन्। काठमाडौमा जारी तीन देश सम्मिलित सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा उपकप्तान ऐरीले अर्धशतक प्रहार गरेका हुन्।

उपकप्तान ऐरीले २८ बलमा ३ चौका र ३ छक्का मद्दतमा अर्धशतक पूरा गरे। यसअघि ऐरीले सन् २०१९ मा युएईविरुद्धको खेलमा सर्वाधिक ४७ रन जोडेका थिए।

नेदरल्याण्ड्विरुद्धको खेलमा ऐरि ६० रनको योगदान दिदै पवेलियन फर्केका थिए। 

कुशल भुर्तेलको तेस्रो अर्धशतक
ओपनर कुशल भुर्तेलले काठमाडौमा जारी त्रिकोणात्मक टि–२० अन्तराष्ट्रिय सिरिजमा डेब्युपछिको खेलमा लगातार तेस्रो अर्धशतक प्रहार गर्दै कीर्तिमान कायम गरेका छन्। टि–२० आइमा नेपालबाट लगातार तेस्रो अर्धशतक पुरा गर्ने कुशल एक्ला खेलाडी हुन्।

कुशलले नेदरल्याड्सविरुद्धको दोस्रो खेलमा ४१ बलमा अर्धशतक पुरा गरेका हुन्। उनले ७ चौका र १ छक्का मद्धतमा अर्धशतक प्रहार गरे। सिरिजमार्फत टि–२० आइमा डेब्यु गरेका कुशलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

कुशलले नेदरल्याण्ड्सविरुद्धको डेब्यु खेलमा ३० बलमा ६२ रन जोडेका थिए। मलेसियाविरुद्धको दोस्रो खेलमा ६१ रनको अविजित पारी खेलेका थिए।

नेदरल्याण्ड्सविरुद्धको खेलमा कुशलले ६२ रनको योगदान दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .