दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज सार्वजनिक गरेको खेल तालिकामा नेपालले पहिलो प्रतिद्वन्दी भारत पाएको हो ।
प्रतियोगिता आगामी असोज २२ देखि २८ गतेसम्म हुनेछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा हुने उक्त प्रतियोगितामा नेपालले आगामी असोज २२ गते भारतको सामना गर्नेछ।
त्यस्तै नेपालले असोज २४ गते बङ्गलादेशसँग खेल्नेछ भने असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ। लिग चरणको खेल समाप्तिपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। भुटानमा नै भएको गत संस्करण खेलमा नेपाल चौथो भएको थियो।
साउन २४, २०७६ शुक्रबार १४:१४
प्रतिक्रिया