ad ad

खेल


नेपालले ओमानमा ५ देश सहभागी क्रिकेट शृंखला खेल्ने

नेपालले ओमानमा ५ देश सहभागी क्रिकेट शृंखला खेल्ने

नेपालखबर
साउन २४, २०७६ शुक्रबार ११:३८,

ओमान क्रिकेट संघको आयोजनामा अक्टोबर ५ देखि १० सम्म हुने टि-२० शृंखलामा टेस्ट राष्ट्र आयरल्यान्डले पनि सहभागिता जनाउँदैछ।

 प्रतियोगितामा आयोजक ओमानसँगै आयरल्यान्ड, नेपाल, हङकङ र नेदरल्यान्डले प्रतिस्पर्धा गर्ने नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।

नेपालले असोज १९ गते हङकङसँग पहिलो खेल खेल्नेछ । यस्तै असोज २० गते नेदरल्याण्डसँग, असोज २२ गते आयरल्याण्डसँग तथा असोज २३ गते आयोजक ओमानसँग खेल्नेछ।

उक्त प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रुपमा हेरिएको छ। ओमान क्रिकेट सङ्घले पहिले नै आयोजना गर्ने भनेर तय गरेपनि नेपालले विश्वकप छनोटको यात्रा तय गर्न नसकेपछि खेल्ने की नखेल्ने भन्ने अन्योलता थियो।

आइसीसीले उक्त प्रतियोगिता खेल्न अनुमती दिएपछि नेपालले खेल्ने पक्का भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) आइसीसीको निलम्बनमा परेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .