खेल


बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल नजिक

बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल नजिक

नेपालखबर
माघ ९, २०७७ शुक्रबार १०:२९,

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनल नजिक पुगेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा बागमतीले शुक्रबार प्रदेश २ लाई ६ विकेटले पराजित गर्यो।

प्रदेश २ ले दिएको १ सय ८० रनको लक्ष्य बागमतीले ४ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। बागमती प्रदेशका पृथु बास्कोटा ५३ र कप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा नटआउट रहे।

विभात्सु थापाले ४७, आकाश थापाले ३२ रनको योगदान गरे। ईशान पाण्डे १५ रन जोड्दा आदिल खान ५ रन जोड्दै पवेलियन फर्के।

प्रदेश २ का हरिशंकर शाहले २ तथा विशाद सुस्लिङ र कुमार थापाले एक–एक विकेट लिए।

त्यसअघि मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-२  ४८ दशमलव २ ओभरमा १ सय ७९ रन जोड्दा अलआउट भयो।

विवेक यादवले सर्वाधिक ६६ रानको योगदान दिए। ७४ बलको सामना गरेका यादवले ६ छक्का र ६ चौका मद्दतमा ६६ रन जोड्ला रन आउट भए। कुमार थापा २२, राहुल प्रताप सिंह १८, सुधिर चौधरी १५ र सुरज कुर्मीले १३ रन जोडे।

दिभ्यांशु मल्लीक १ रनमा नटआउट रहे। अन्य ५ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

प्रदेश २ लाई कम स्कोरमा रोक्न बाग्मतीका गौतम केसी एक्लैले ४ विकेट लिए। केसीले आफ्नो स्पेलमा १ मेडन राख्दै २९ रन खर्चे।

रामनेश गिरिले १० ओभरमा ३ मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए। नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यको नाममा एक–एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .