ad ad

खेल


मैदानको दुरवस्थाले ५ दिन ढिलो क्याम्प सुरु हुने, एसिसीले भारत जान अनुमति दिएन

मैदानको दुरवस्थाले ५ दिन ढिलो क्याम्प सुरु हुने, एसिसीले भारत जान अनुमति दिएन

यज्ञराज जोशी
साउन १७, २०७६ शुक्रबार ११:७,

त्रिवि क्रिकेट मैदानको दूराअवस्थाका कारण नेपाली यू–१९ टोलीको बन्द प्रशिक्षण प्रभावित बनेको छ।

बिग्रिएको घाँस काट्ने मेसिन बनाउँन कसैले चासो नदिदा त्रिवि मैदानमा ठूल्ठूलो घाँस पलाएर अभ्यास गर्न नमिल्ने अवस्था बनेको छ। यस्तै पीचमा पानी हाल्ने मेसिन पनि बिग्रेकाले पीचको हालत पनि खराब छ।

यो पनि: त्रिवि क्रिकेट मैदानको बेहाल (फोटो/भिडियो) 

त्यसको प्रत्यक्ष मार यू–१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोलीलाई परेको छ। खराब मैदानकै कारण नेपालको बन्द प्रशिक्षण समेत ५ दिन पर धकेलिएको छ।

एकमहिना (सेप्टेम्बर ५)पछि सुरु हुने एसिया कपका लागि नेपाली टोलीले बिहीबार(१६ साउन)बाट बन्द प्रशिक्षण सुरु गर्ने योजना बनाएको थियो। तर, खराब मैदानका लागि २१ गतेबाट बन्द प्रशिक्षण सुरु गर्ने योजना बनाएको नेपाली टोलीका प्रशिक्षक विनोद दासले बताए।

‘मैदानको खराब अवस्थाले गर्दा हामीले बिहीबारदेखि नै शुरु गर्ने भनेको बन्द प्रशिक्षण ५ दिन पर सार्नुपरेको छ,’ टोलीका प्रशिक्षक दासले भने, ‘आशा गरौं ग्राउण्ड राम्रो भएमा २१ गतेबाट बन्द प्रशिक्षण सुरु हुन्छ।’

tu 2

दासले आफूहरुले परिषद्लाई पटकपटक मैदानको बारेमा जानकारी गराएको बताए। ‘हाम्रो हातमा केही पनि छैन्। सकेसम्म समयमा सुरु होस् भन्ने हाम्रो चाहना हो,’ दासले भने, ‘हामीले सबैलाई जानकारी गराइरहेका छौं। क्यान नभएकै कारण यो समस्या देखिरहेको छ। नभए यत्रो दिनसम्म क्याम्प सुरु गर्न हामीले कुर्नुपर्दैनथ्यो होला। आइसीसी र एसीसीको मुख ताकेर बस्नुपर्दैनथ्यो।’

पूरानै टोली, भारत जाने कार्यक्रम अस्वीकार
क्यान निलम्बनमा रहेका बेला आइसीसी र एसिसीले नेपाली क्रिकेट हेरिरहेको छ। यसपटक नेपालले ३६ जना खेलाडीहरु राखी बन्द प्रशिक्षण गर्ने तथा भारत गएर अन्तिम तयारी गर्ने नेपालको प्रस्ताव समेत एसीसीले अस्वीकार गरिदिएको छ।

एसीसीले नेपालको प्रस्ताव स्वीकार नगरेपछि यसअघिको प्रतियोगितामा बन्द प्रशिक्षणमा रहेका रोहितकुमार पौडेल (कप्तान), पवन सर्राफ, कमलसिंह ऐरी, रित गौतम, हरिबाहादुर चौहान, विशालविक्रम केसी, प्रतिश जिसी, तिलकराज भण्डारी, रासिद खान, भीम सार्की, लोकेशबहादुर बम, सागर ढकाल, कुशल मल्ल, खडकबहादुर बोहरा, मोहम्मद आसिफ सेख, सन्दीप जोरा, सुर्या तामाङ र आकाश चन्दले नै यसपटक पनि निरन्तरता पाउँने भएका छन्।

tu 4

‘हामीले ३६ जनालाई क्याम्पमा राख्ने भनेर प्रस्ताव पठाएका थियौं तर त्यो स्वीकार भएन्,’ दासले भने, ‘उनीहरुले यसअघिको प्रतियोगितामै खेलेका खेलाडीहरुकै प्रदर्शन राम्रो छ र उमेरपनि पुग्छ भने किन ३६ जना खेलाडीहरु राख्नुपर्यो भन्ने तर्क गरे। त्यही भएर त्यही पूरानै क्याम्पमा रहेका खेलाडीहरुबाट १० अगष्टसम्म टोली छानिसक्नु भनेको छ।’

यस्तै नेपालले अन्तिम तयारी भारतमा गर्ने भनि गरेको प्रस्ताव समेत एसीसीले अस्वीकार गरेको छ। एसीसीले भारत जाने प्रस्ताव अस्वीकार गरेपछि नेपालले राष्ट्रिय खेलकुद परिषद्(राखेप)लाई भारत जान व्यवस्था मिलाइदिन अनुरोध समेत गरेको छ। उक्त प्रस्तावमा राखेपले कुनै निर्णय दिएको छैन्।

‘एसीसीबाट भारत जाने प्रस्ताव अस्वीकार भएको छ,’ प्रशिक्षक दासले भने ‘एसीसीले अस्वीकार गरेपछि हामीले राखेपलाई सकिन्छ भने भारत जाने व्यवस्था मिलाइदिन भनेका छौं। उनीहरुले कुनै निर्णय दिएका छैनन्। यदि निर्णय आयो भने आशा छ हामी, अगष्ट १०–१२ तारिखमा भारत जान्छौं।’

tu 7

भारत जाने प्रस्ताव अस्वीकार गरेको एसीसी बरु प्रतियोगिताको एक हप्ता अघि आयोजनास्थल श्रीलंका जाने कुरामा जाने कुरामा चाही सकरात्मक देखिएको दासले बताए।

नेपालले अन्तिम तयारी श्रीलंकामा गर्ने प्रस्ताव राखेपछि अहिलेसम्म एसीसीले मौखिम सहमति जनाएपछि प्रस्तावबारे निर्णय पठाइसकेको छैन्।

यदि एसीसीले उक्त प्रस्ताव स्वीकारले अक्टोबर २४ तारिखमा नेपाली टोली अन्तिम तयारीका लागि श्रीलंका प्रस्थान गर्ने दासले बताए।

यो पनि: तीन वर्षदेखि क्यान निलम्बनः नेपाली क्रिकेटको लज्जास्पद हार 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .