ad ad

खेल


नेसन्स लिग उपाधिका लागि पोर्चुगल र नेदरल्यान्ड्स भिड्दै

नेसन्स लिग उपाधिका लागि पोर्चुगल र नेदरल्यान्ड्स भिड्दै

नेपालखबर
जेठ २७, २०७६ सोमबार ७:५६,

उपाधिका लागि हुन लागेको खेल आइतबार राति नेपाली समयअनुसार साढे १२ बजे पोर्चुगलको घरेलु मैदान इस्टाडियो डो ड्रागाओमा सुरु हुनेछ।

पोर्चुगलले सन् २०१६ मा युरोकप जितेको थियो। युरोकपपछि पोर्चुगल नेसन्स लिगको उपाधि जित्न चाहान्छ।

नेदरल्यान्ड्समा भने उपाधिको भोक छ। पोर्चुगलले सन् २०१८ को विश्वकप खेल्दा नेदरल्यान्ड्स विश्वकपका लागि छनौट नै भएको थिएन।

सन् १९८८ मा युरोपियन फुटबल च्याम्पियन्सीप जितेयता नेदरल्यान्ड्सले कुनै उपाधि जित्न सकेको छैन। नेदरल्यान्ड्सले ३ पटक विश्वकप फाइनल खेलेको छ। तर कुनैमा जित निकाल्न सकेन।

फाइनलबारे बुझ्नै पर्ने ३ तथ्य

१. स्टार खेलाडीको फाइनल

नेदरल्यान्ड्स र पोर्चुगलबीच हुन लागेको खेलमा स्टार खेलाडीको उपस्थिती हुनेछ। क्रिस्टियानो रोनाल्डो र बरनार्डो सिल्भा पोर्चुगलबाट मैदान उत्रँनेछन्।

भर्जिल भ्यान डेक, फ्र्यांकी डि जोङ तथा म्याथिस डि लाइट नेदरल्यान्ड्सको तर्फबाट मैदान उत्रँनेछन्।

२. रोनाल्डो भर्सेस भ्यान डेक

क्रिस्टियानो रोनाल्डोले यस सिजन युभेन्ट्सको तर्फबाट सिरि ए जिते। तर च्याम्पियन्स लिग उपाधि भने जित्न सकेनन्।

लिभरपुलका भ्यान डेकले प्रिमियर लिग जित्न सकेनन्। तर च्याम्पियन्स लिग जिते। डेकले यस सिजन स्टार फुटबलर मेस्सी, स्वारेजलाई असफल बनाएका थिए।

डेक यस सिजन बालुन डि’ ओरका लागि सबैभन्दा लोकप्रिय छन्। उनी रोनाल्डोको सामना गर्न समेत तयार छन्।

३. बलियो पोर्चुगल

पोर्चुगल र नेदरल्यान्ड्सबीच भएको १३ खेललाई मध्यनजर गर्दा पोर्चुगल बलियो देखिएको छ। पोर्चुगलले १३ मध्ये ७ खेलमा जित हातपार्दा २ खेलमा मात्र नेदरल्यान्ड्ले जित हात पारेको छ।

अन्य खेलमा बराबरी भएको छ। पोर्चुगलमै भएको ५ खेलमा भने नेदरल्यान्ड्सले कुनै खेलमा जित निकाल्न सकेको छैन। जसमभ्ये २ खेलमा बराबरी हुँदा ३ खेलमा पोर्चुगलले जित निकालेको थियो। आइतबार पोर्चुगलकै घरेलु मेदानमा नेसन्स लिगको फाइनल हुँदैछ। ९०मिन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .