ad ad

खेल


जोफ्रा आर्चरः विश्वकपका नयाँ स्टार

जोफ्रा आर्चरः विश्वकपका नयाँ स्टार

सन्जय घिमिरे
जेठ १८, २०७६ शनिबार १०:३५,

इंग्ल्याण्ड क्रिकेट बोर्डले २०१२ मा ल्याएको नियमानुसार इंग्ल्याण्डसँग जोडिएका विदेशी खेलाडीहरुले इंग्ल्याण्डको टोलीमा पर्न सात वर्ष त्यहाँ बसेको हुनुपथ्र्यो। जसअनुसार बुबा इंग्ल्याण्डकै भएपनि वेष्ट इण्डिजमा जन्मिएर हुर्किएका जोफ्रा आर्चरले सन् २०२२ सम्म इंग्ल्याण्डबाट खेल्न पाउँदैन थिए।

वेष्ट इण्डिजबाट तीनपटक यू–१९ विश्वकप खेलिसकेपछि आफ्ना बुबाको देशमा भविष्य बनाउँने सोचका साथ आर्चर २०१५ मा इंग्ल्याण्ड आइपुगेका थिए। अर्कोवर्ष काउन्टी क्लब सुसेक्सलाई दोस्रो टोलीमा स्थान दियो। जहाँ उनी सर्वाधिक विकेट टेकर बन्दै पहिलो रोजाईको टोलीमा नियमित परे।

सन् २०१७ मा उनलाई अष्ट्रेलियाको बिगबास लिग टोली होबार्ट हुरिकेनले अनुबन्ध गर्‍यो। इंग्ल्याण्डले टम कुराँनलाई एसेज शृंखलाका लागि फिर्ता बोलाएपछि उनको स्थानमा होबार्टले आर्चरलाई मौका दिएको थियो। उक्त मौकाको सदूपयोग गर्दै आर्चरले होबार्टबाट १२ खेलमा १६ विकेट लिए।TELEMMGLPICT000199126168 xxlarge trans NvBQzQNjv4BqNadeZm0KzkFwpSYJhHDpPekC99ofZnmwS neMgJ2UXE 1

त्यसलगत्तै गतवर्ष आइपीएल टोली राजस्थान रोयल्सले उनलाई ८ लाख डलरमा अनुबन्ध गर्‍यो। त्यहाँपनि उनले १० खेलबाट १५ विकेट लिए। अग्लो कद, लामो समय दौड्ने क्षमता र तीव्र गतीमा बलिङ गर्नसक्ने क्षमताका आर्चरका तथ्यांकले त्यसपछि भने विश्वका राम्रा स्टारहरुलाई पनि पछि पार्दै गयो।

जसले इंग्ल्याण्ड क्रिकेट बोर्डलाई आफ्नो नियमबारे सोच्न बाध्य भयो। आर्चर जस्ता प्रतिभावान खेलाडीलाई टोलीमा समावेश गर्न यसअघि ७ वर्ष देशमा बसोबास गरेको हुनुपर्ने नियमलाई परिवर्तन गर्दै उसले ३ वर्षमा झा¥यो। जसको प्रत्यक्ष फाइदा इंग्ल्याण्ड अनि आर्चरलाई भयो।

उक्त परिवर्तित नियम अनुसार आर्चरले तीन महिनाअघि मात्रै इंग्ल्याण्डबाट खेल्ने बैधानिकता पाए। तर, बैधानिकता पाएको अर्को महिना इंग्ल्याण्डले घोषणा गरेको विश्वकप २०१९ को प्रारम्भिक टोलीमा भने उनी अटाएनन्।

विश्वकप टोलीमा नअटाएपछि वैधानिकता पाएको दोस्रो महिनामा नै आयरल्याण्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा आर्चरले इंग्ल्याण्डको टोलीबाट उनले डेब्यू गरे। त्यसपछि विश्वकपको अघि पाकिस्तानले इंग्ल्याण्ड भ्रमण गर्यो। त्यसबेला भने पाकिस्तानविरुद्धको एक टि–२० र दुई एकदिवसीयमा पुनः आर्चरले मौका पाए।archer18042019 0 1

पाकिस्तानविरुद्धको शृंखलापछि इंग्ल्याण्डले विश्वकपको आफ्नो टोलीमा हेरफेर गर्यो। परिवर्तित अन्तिम सुचिको तीन खेलाडीमा आर्चर पनि अटाए। त्यससँगै बिहीबारमात्रै विश्वकपको उद्घाटन खेलमा डेब्यू गर्दै उनले सनसनी मच्चाईसकेका छन्। दक्षिण अफ्रिकाविरुद्ध १ सय ४ रनको जित निकाल्नेक्रममा उनले तीन महत्वपूर्ण विकेट लिए। ७ ओभरमा १ मेडन राख्दै उनले २७ रनमात्रै खर्चे।

उनले एडम मार्करम(७), फाफ डू प्लेसिस(५) र वान डर डुसेन(५०)को विकेट लिदैँ दक्षिण अफ्रिकाको माथिल्लो क्रम ध्वस्त बनाएका थिए। त्यतिमात्रै हैन्, ओपनर हासिम अमला पनि उनको बाउंन्सबाट घाइते हुँदै मैदान छाडेका थिए। उक्त बलको रफ्तार १४४.५ किमी प्रतिघण्टा थियो।

त्यसबेला आर्चरले ६ वर्षअघि गरेको एउटा ट्विट निकै भाइरल बन्यो। जहाँ उनले लेखेको थिए, ‘सबै ब्याट्सम्यानहरुले दुई हेलमेट किन्छन्, कारण जब हाम्रो भेट हुन्छ त्यसबेला त्यो काम लाग्छ।’

आर्चरले विश्वकपमा भारतीय कप्तान विराट कोहलीको विकेट लिने आफ्नो चाहना राखेका छन्। विराट पनि आर्चरको बलिङको प्रशंशक हुन्। विराट भन्छन्, ‘आर्चर विश्वस्तरीय बलर हुन्। पछिल्लो समय उनले जस्तो प्रदर्शन गरेका छन्, त्यहीकारण उनले इंग्ल्याण्डको विश्वकप टिममा स्थान बनाए।’

लजालु स्वभावका आर्चरको घरेलु क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा जुन गतीमा उदाए। यहाँ पुग्न उनले अत्याधिक लामो घुमाउँरो बाटो हुँदै यात्रा गर्नुपरेको छ। सन् २०१४ मा वेष्ट इण्डिजको यू–१९ विश्वकपको टोलीमा नपरेपछि आर्चरले जीवनकै निकै खराब समय बित्यो। त्यसबेला आफ्नो भविष्य के हुने भन्ने पनि उनलाई थाहा थिएन्।

‘मेरा साथीहरु र परिवारले त्यसबेला उत्साह दिए,’ उनले सम्झे, ‘यदि उनीहरुले सहयोग नगरेको भए म क्रिकेटबाट टाढा गइसकेको हुन्थे। उनीहरुले टिममा नभएपनि म टिम भन्दा राम्रो खेलाडी भएको बताइरहे। आमाले मलाई यसका बारेमा धेरै नसोच्न र भविष्यमा अझै राम्रो मौका पाउँछौं भन्नुभएको अझै म सम्झन्छु। र, अहिले फर्केर हेर्दा उहाँले सही भन्नुभएको रहेछ।’jofra bbl 800x534 3

वेष्ट इण्डिजको यू–१९ टोलीमा नपरेर मात्रै आर्चर दुखी थिएन्। दुईवर्षदेखि ढाडको गम्भीर समस्याबाट गुज्रिरहेका उनी त्यसैका कारण क्रिकेटबाट टाढा हुने अवस्थामा पनि थिए।

एकपटक वेष्ट इण्डिजमै जन्मिएर इंग्ल्याण्डबाट खेलिरहेका क्रिस जोर्डनसँगको उनको भेट नेट सेशनमा भयो। जहाँबाट उनको जीवन बदलियो। जोर्डनलाई बल फालेपछि आर्चरले आफ्नो बुबा पनि इंग्ल्याण्डमै जन्मिएको र आफूसँग पनि ब्रिटिस पासपोर्ट भएको बताए। साथै उनले इंग्ल्याण्डमा केही अवसर भए आफूलाई मिलाई दिन अनुरोध समेत गरे।

त्यसको दुई हप्तापछि जोर्डनले आर्चरलाई फोन गर्दै सुसेक्समा ट्राइलको लागि आउँन भने। इंग्ल्याण्डमा पुग्दा पनि आर्चर ढाडको समस्या कायम थियो तर तर, त्यसका बाबजुद पनि उनले क्लबमा स्थान बनाए र क्लबको दोस्रो टोलीमा अटाए।

सुसेक्सको दोस्रो हुँदै पहिलो टोलीमा परेका आर्चरले आइपीएल, बिगबास लिग जस्ता फ्रेन्चाइजी प्रतियोगिता खेले। इंग्ल्याण्डले त्यहाँको पासपोर्ट भएका विदेशी खेलाडीहरुको हकमा नियम परिवर्तन गरेपछि भने उनको राष्ट्रिय टोलीबाट खेल्ने ढोका खुल्यो।

jef

विश्वकपको प्रारम्भिक सुचीमा नपरेपनि तीनवटा अन्तर्राष्ट्रिय खेल खेल्दै उनले छनौटकर्तालाई प्रभावित पारे र अन्तिम सुचीमा उनले अनुभवी खेलाडी डेभिड विल्लेको स्थान लिए। त्यससँगै आशंका उब्जियो, के चारवर्ष देखि इंग्ल्याण्डले बनाइरहेको टोलीको एकतामा विश्वकप अघि खेलाडी हटाएर भंग हुने त हैन्? तर, ड्रेसिङ रुममा भने फरक तस्बिर थियो।

‘सबै जनाले मलाई खुला हातले स्वागत गरे। त्यो पारिवारिक स्वागत जस्तै थियो,’ ड्रेसिङ रुममा पहिलोपटक छिर्दाको अनुभव सुनाउँदै आर्चरले भने, ‘मैले उनीहरुसँग एउटा खेल नखेलेपनि सबैलाई चिनेको महशुस गरे। उनीहरुले केबल जे म गरिरहेको छु, त्यसलाई निरन्तरता दिन भने।’

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .