ad ad

खेल


अन्तर विद्यालय फुटसलको उपाधि फेरिल्याण्डलाई

अन्तर विद्यालय फुटसलको उपाधि फेरिल्याण्डलाई

नेपालखबर
साउन ११, २०७६ शनिबार १४:५६,

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० अन्तर्गत अन्तर विद्यालय फुटसलको उपाधि फेरिल्याण्ड इन्टरनेशनल स्कुलले हात पारेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा फेरिल्याण्डले त्रिनेत्र विद्या निकेतनलाई २–० गोल अन्तरले पराजित गरी उपाधि चुमेको हो। शनिबारै भएको सेमि फाइनलमा तिरुपतिलाई ४–१ गोल अन्तरले पराजित गरेको फेरिल्याण्डसँग माण्डुलाई हराएको त्रिनेत्रले फाइनलमा भेट गरेको थियो।

१२ वटा टिम सहभागी खेलमा प्रथम भएको फेरिल्याण्डले नगद २० हजारसहित मेडल र ट्रफि हात पार्यो। दोस्रो भएको तिरुपतिले नगद १० हजारसहित मेडल र ट्रफि प्राप्त गर्यो।

बिजेताहरुलाई बुढानिलकष्ठ नरपालिकाका मेयर उद्धव प्रसाद खरेलले पुरस्कार प्रदान गरे।

प्रतियोगितामा सर्वाधिक गोलको उपाधि (१८) गोल गरी फेरिल्याण्डका पुरुषोतम थापा उत्कृष्ट गोलर उपाधि हात पारेका छन् भने सोही विद्यालयका सन्दिप थापा मगरले उत्कृष्ट गोल किपरको उपाधि हात पार्न सफल भएका छन्।

उत्कृष्ट खेलाडीको उपाधि भने त्रिनेत्रका प्रकाश कुमालले जित्न सफल भएका छन्।

fairyland school win

सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको फेरिल्याण्डले प्रतियोगितामा रिलायन्सलाई ० का विरुद्ध ७ गोलले, डेफोडिललाई २ का विरुद्ध ६ गोलले र जुगललाई ० का विरुद्ध ६ गोलले पराजित गरेको विद्यालयका डाईरेक्टर बिनोद अधिकारीले जानकारी दिए।

बुढानिलकण्ठ नगरपालिकास्थित आकासेधारामा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको खेलको आयोजना बुनपा–१० र युवा सञ्जालले संयुक्त रुपमा गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .