ad ad

खेल


आइपिएलमा २ सुपरओभर पनि बराबर भए के हुन्छ नियम ?

आइपिएलमा २ सुपरओभर पनि बराबर भए के हुन्छ नियम ?

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार ५:३,

इण्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं सिजनको ३६ औं खेलमा क्रिकेट इतिहासमा नै रोमाञ्चक भएको छ।

लिगमा मुम्बई इण्डियन्सलाई हराउँदै किंग्स एलाभेन पञ्जावले तेस्रो जित निकाल्यो। यो खेलको रोमाञ्चक पक्ष भनेको एक हैन दुई सुपर ओभरमा पुगेर पञ्जावले जित निकाल्नु नै हो।

यदि यो खेल तेस्रो सुपरओभरमा पुगेको भए दुवै टोलीले अंक बाड्न बाध्य हुने थिए।

122076262 384612932693657 1598380890601012432 n

आइपिएलको नियमअनुसार लिग म्याचमा २ पटक सुपर ओभरमा पुग्दा पनि खेल बराबर भएमा तेस्रो सुपर ओभर नहुने प्रावधान छ। खेल तेस्रो सुपरओभरमा गएमा दुवै टोलीलाई एक–एक अंक दिइनेछ।

तर क्वालिफायर र फाइनल खेलमा भने बराबरी भएमा ५ पटकसम्म सुपरओभरमा पुग्ने प्रावधान छ। आइपीएलको नियमअनुसार यदि एउटा ब्याट्सम्यान पहिलो सुपरओभरमा आउट भएमा दोस्रो सुपरओभरमा खेल्न पाउने छैन।

यस्तै पहिलो सुपर ओभरमा बलिङ गरेको खेलाडीले पनि दोस्रो सुपरओभरमा बलिङ गर्न पाउनेछैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .