ad ad

खेल


रैनालाई आउट पारेका थिए सन्दीपले, धोनीविरुद्ध थियो यस्तो प्रदर्शन

रैनालाई आउट पारेका थिए सन्दीपले, धोनीविरुद्ध थियो यस्तो प्रदर्शन

नेपालखबर
साउन ३१, २०७७ शनिबार १६:३८,

सन् २०१८ मा पहिलोपटक आइपीएल खेलिरहेका नेपालका सन्दीप लामिछानेले एकैपटक चेन्नाई सुपर किंग्सका दुई धुरन्धर ब्याट्सम्यान कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाको सामना गरेका थिए।

दुबै ब्याट्सम्यानले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन। धोनी भारतीय टोलीका पूर्वकप्तान हुन भने रैना मध्यक्रमका ब्याट्सम्यान।

यो पनि- धोनीको सन्न्यास: भारतीय क्रिकेटको एक युगकाे अन्त्य 

चेन्नाईविरुद्ध पहिलो ओभरमा दुई रनमात्रै खर्चेपछि एघारौं ओभरमा सन्दीपलाई दोस्रो ओभरका लागि बल थमाइएको थियो।

स्ट्राइकमा भर्खरै क्रिजमा आएका धोनी थिए भने ननस्ट्राइकमा थिए रैना।

दुबै अनुभवी खेलाडीहरुविरुद्ध सन्दीपले गरेको उत्कृष्ट प्रदर्शनको त्यसबेला तारिफ भएको थियो। आइपीएल जस्तो छक्का चौका बर्सने खेलमा दुबै ब्याट्सम्यानविरुद्ध ६ बल फाल्दा सन्दीपले हरेकपल्ट १–१ रन बाहेक ज्यादा खर्चेनन। दुबैले सन्दीपको ३–३ बल खेल्दै त्यति नै रन जोडन सकेका थिए।

यस्तो थियो उक्त ओभर

No description available.

चौधौं ओभरमा दिल्लीले सन्दीपलाई तेस्रो ओभर दिएर बलिङमा पठाएको थियो। पहिलो बलमा नै सन्दीपले सुरेश रैनालाई आफ्नो गुगलीको सिकार बनाएका थिए। रैनाको उक्त विकेट लिएपछि सन्दीपको चर्चा विश्व क्रिकेटमा जमेर भएको थियो।

यस्तो थियो उक्त ओभर

No description available.

उक्त ओभरमा धोनीविरुद्ध एक बलमात्रै फाल्न पाएका सन्दीपले एक रनमात्रै दिए। यस्तै १६औं ओभरमा सन्दीप र धोनीको भेट पुनः भएको थियो। यस ओभरमा धोनीलाई सन्दीपले दुई बल फाले पनि उनले एक रनमात्रै लिन सके।

 No description available.

विस्तृतमा:

धोनीविरुद्ध सन्दीप: ६ बल ५ रन, १ डट

सन्दीपले टोलीको ११औ ओभरमा पहिलो बल लिएर आउँदा क्रिजमा थिए, भारतलार्इ विश्वकप दिलाएका पूर्व कप्तान महेन्द्रसिंह धोनी। धोनी पहिलो, तेस्रो र पाँचौ बलमा एक-एक रन दौडिए। यस ओभरमा सन्दीपका ३ बल खेल्दै धोनीले ३ रन लिए।

१४औ ओभरमा सन्दीप आफ्नो तेस्रो ओभर लिएर आए। यस ओभरमा सन्दीपको तेस्रो बलमा धोनी एक रन दौडिएका थिए। बाँकी बल उनले खेल्न पाएनन्।

१७औ ओभरमा अन्तिम ओभर लिएर आएका सन्दीपको २ बल सामना गरेका धोनीले १ रनमात्रै लिन सके। चौथो बलमा एक रन लिएका धोनीले अन्तिम बलमा डट खेलेका थिए।

रैनाविरुद्ध सन्दीप: ४ बल, ३ रन, १ विकेट, १ डट

रैनासँग सन्दीपको भेट उनको दोस्रो ओभर(टिमको ११औ) ओभरमा भएको थियो। उक्त ओभरको तीन बल खेलेका रैना ३ रन दौडिएका थिए। दोस्रो, चौथो र अन्तिम बलमा रैनाले १-१ रनका लागि दौडिएका हुन्।

यो पनि:धोनी, वाटसन र रैनाविरुद्ध सन्दीपको बलिङ कस्तो? 

 

धोनीसँगै सुरेश रैनाले पनि घोषणा गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .