ad ad

खेल


नेमारसँग गरिएको अन्तर्वार्ता चोरी भएपछि टेलिभिजनमा प्रसारण हुन पाएन!

नेमारसँग गरिएको अन्तर्वार्ता चोरी भएपछि टेलिभिजनमा प्रसारण हुन पाएन!

नेपालखबर
असार ३१, २०७६ मंगलबार ७:५५,

ब्राजिलियन स्टार फुटबलर नेमार जुनियरसँग गरिएको महत्वपूर्ण अन्तर्वार्ता चोरी भएपछि ब्राजिलको टेलिभिजनमा उक्त कार्यक्रम प्रसारण हुन नपाएको जनाइएको छ।

सोमबार मध्यान्न यूओएर स्पोर्टे टेलिभिजनमा प्रसारण हुने भनिएको नेमारसँगको टेलिभिजन कार्यक्रमको भिडियो फुटेज चोरीएपछि उक्त कार्यक्रम प्रसारण हुन नपाएको स्पोर्टेले जनाएको छ।

टेलिभिजन स्रोतका अनुसार उक्त कार्यक्रममा नेमारले आफूमाथि लागेको बलात्कारको आरोपको बारेमा महत्वपूर्ण जानकारी दिएका थिए भने पीएसजीबाट बहिर्गमन हुने या नहुने बारेमा पनि जानकारी दिएका थिए।

यद्यपी अन्तर्वार्ता लिएर आइरहँदा अपरिचित व्यक्तिले टेलिभिजनको भ्यानबाटै भिडियो फुटेजहरु चोरेर लगेको जनाइएको छ।

नेमारको अन्तर्वार्ता कुरेर विश्वभरका मानिसहरु बसिरहेका थिए। मार्काका अनुसार नेमारको अन्तर्वार्ता प्रसारण हुन नपाएपछि टेलिभिजनले माफी मागेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .