नेपाल बक्सिङ संघले आफ्नाे संघका सबै कार्य पारदर्शि भएको दाबी गरेको छ।
केही सञ्चारमाध्यमबाट आफ्नो संघमा आर्थिक अनियमितता भएको विधान मिचिएको, बक्सिङको स्तर खुम्चिएको भन्ने समाचार प्रकाशित प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रकाशित समाचारमा कुनै सत्यता नभएको संघले जनाएकाे छ।
१२औं दक्षिण एशियाली खेलकूदमा ३ वटा कास्य पदक, काठमाडौंमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुदमा ३६ वर्ष पुरानो रेकर्ड ब्रेक गर्दै बक्सिङ इतिहासकै सर्वाधिक ३ स्वर्ण, ६ रजत, र ६ कास्य पदक जित्दै राष्ट्रको गरिमा बढाउन सक्षम रहेको संघले बताएको छ। दक्षिण एसियाकै भारत पछि दोश्रो बक्सिङ्ग पावर हाउसको रूपमा उदय भइरहेको नेपाल बक्सिङ संघलाई झुठो समाचारले सहयोग नगर्ने संघका प्रवक्ता श्यामकाजी अवालेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस अघि संघबाट स्पष्टिकरण सोधिएका केही पदाधिकारीहरु र बक्सिङको विकास नचाहने व्यक्तिहरुको भनाइलाई आधार मानी प्रकाशित त्यस्ता खाले भ्रम फैलाउने झुठा समाचारले खेलाडी, प्रशिक्षकको मनोबल गिराउने काम गर्छ।’
बक्सिङ खेलको विकासमा आफूहरु निरन्तर लागि रहने भन्दै सही सूचना सम्प्रेषण गर्न संघले आग्रह पनि गरेको छ।

प्रतिक्रिया