स्पेनिस ला लिगाको २५ औँ राउण्डका खेलहरु जारी रहँदा उपाधि होड रोमाञ्चक बन्दै गएको छ। ला लिगा अन्तर्गत आइतबार राति दोस्रो स्थानको बार्सिलोनाले रेलिगेसन जोनमा रहेको लेभान्तेसँग खेल्दैछ।
बार्साले आज राति लेभान्तेलाई पराजित गरे शीर्ष स्थानको रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लने छ।
लेभान्तेमाथि बलियो बार्सिलोनालाई रोक्दै रेलिगेसन जोनमा अंक सुधारको चुनौती छ।
शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल ओसासुनासँग २–१ ले पराजित भएको थियो। यो हारले रियलको उपाधि होडमा धक्का पुगेको छ।
शीर्ष स्थानको रियलले २५ खेलबाट १९ खेलमा जित, समान ३ खेलमा हार र बराबरीको नतिजा निकाल्दै ६० अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ।
रियलभन्दा एक खेल कम खेलेको बार्सिलोनाले १९ खेलमा जित, १ खेलमा बराबरी र ४ खेलमा हार भोग्दै ५८ अंकमा तालिकाको दोस्रो स्थानमा छ।
बार्सिलोनाले आज लेभान्तेमाथि जित निकाले टोलीलाई उपाधि होडमा फाइदा पुग्नेछ। समान खेलसँगै बार्साले रियलसँग १ अंकमो अग्रता समेत बनाउनेछ।
ला लिगामा आज राति चार खेल हुँदैछन्। ला लिगामा आइतबार गेटाफेले सेभिल्लासँग तथा बार्सिलोना र लेभान्ते खेल्नेछन्। अर्को खेलमा सेल्टा भिगो र मालोर्का तथा भिल्लारियल र भालेन्सिया खेल्ने तालिका छ।
Shares

प्रतिक्रिया