ad ad

खेल


टोकियो ओलम्पिक २०२१ मा पनि हुन नसके रद्द हुने

टोकियो ओलम्पिक २०२१ मा पनि हुन नसके रद्द हुने

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ७:४,

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९)का कारण एक वर्ष पछि धकेलिएको विश्व खेलकुदको महाकुम्भ टोकियो ओलम्पिक तोकिएको नयाँ मितिमा पनि नभए रद्द गरिने भएको छ।

सन् २०२० मा तोकिएको टोकियो ओलम्पिक २०२१ मा पनि हुन नसके रद्द गरिने आयोजक कमिटीका अध्यक्ष योशिरो मोरीले बताएका छन्। कोराना महामारीका कारण प्रतियोगिता २०२२ मा गर्न सकिन्छ त ? भन्ने प्रश्नमा उनले सो मितिमा पनि प्रतियोगिता हुन नसके रद्द हुने बताएका हुन्।

टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ मा गरिने बताइएको छ। तर, कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष पछि सारिएको थियो।

कोरोना महामारीबाट अघि बढ्दै ओलम्पिक आयोजना गर्न सक्नेमा भने आफू विश्वस्त रहेको समेत मोरीले बताए। आगामी वर्ष हुने प्रतियोगिताको नाम भने टोकियो ओलम्पिक २०२० नै रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .