ad ad

खेल


साग पुरस्कार खेलाडीले पाए, प्रशिक्षकले पाउन बाँकी

साग पुरस्कार खेलाडीले पाए, प्रशिक्षकले पाउन बाँकी

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ११:४२,

१३ औं सागका पदक विजेता ४ सय ३५ खेलाडीको खातामा पुरस्कार राशी जम्मा भइसकेको छ। खेलाडीका लागि सरकारले १९ करोड ५३ लाख रुपैयाँ पठाएको थियो। तर तिनै खेलाडीलाई पदक विजेता बनाउन प्रशिक्षण दिने प्रशिक्षक र व्यवस्थापन गर्ने संघले भने पुरस्कार रकम भएका छैनन्। प्रशिक्षक र संघले पेश्की फर्छ्यौट गरेपछि मात्र पुरस्कार राशी पाउने राखेपले उर्दी जारी गरेपछि भने संघहरु आक्रोशित भएका छन्।

सागमा स्वर्ण पदक दिलाउने प्रशिक्षकले ५ लाख, रजतलाई ३ र कास्य पदक दिलाउनेलाई २ लाख रुपैयाँ पाउनेछन्। सहायक प्रशिक्षकमा स्वर्ण ३ लाख, रजतलाई २ र कास्य पदक दिलाउनेले १ लाख रुपैयाँ पाउनेछन्। यसैगरी खेल संघतर्फ स्वर्ण जित्नेले ५ लाख रजत जित्नेले ३ लाख र कास्य जित्नेले २ लाख रुपैयाँ पाउनेछन्।

सागमा कराते टोलीका प्रशिक्षक समेत रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले पनि पेश्कीका कारण प्रशिक्षकलाई पुरस्कार नदिनु अपमान भएको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टी पोखेका छन्। उनले भनेका छन्, ‘कुनैपनि प्रशिक्षकले आफ्नो रहरले पेश्की लिँदैन। त्यसलाई कारण देखाएर पुरस्कार रकम नदिनु अपमान हो।’

राखेप सदस्य सचिव रमेश सिलवालले भने सागका १ सय १६ प्रशिक्षक मध्ये पेश्की नभएका ५८ जनाको खातामा रकम पठाइसकिएको बताएका छन्। ‘पेश्की भएका प्रशिक्षकलाई टेलिफोन र चिठी मार्फत जानकारी गराइसकेका छौं’ उनले भने, ‘विगतमा बुझाउनु पर्ने वा लिनुपर्ने रकम फछ्यौट गरेर पुरस्कार रकम लिन पनि हामी उहाँहरुलाई आग्रह गर्छौ।’

सरकारले सागका पदक विजेता मध्ये व्यक्तिगततर्फको स्वर्ण विजेतालाई ९, रजतलाई ६ र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ प्रदान गरेको छ। समूहगततर्फ स्वर्ण विजेतालाई ६, रजतलाई ४ र कास्य पदक विजेताले २ लाख रुपैयाँ दिइएको थियो।

३६ वर्षे साग इतिहासमा सर्वाधिक सफल नजिता ल्याउने क्रममा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरि कुल २ सय ६ पदक जितेको थियो। अंक तालिकामा नेपाल भारतपछि दोस्रो स्थानमा रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .