कोरोना भाइरस कोभिड–१९ का कारण रोकिएको इटालियन सिरी ‘ए’ को प्रशिक्षण आगामी मे बाट सुरु हुने भएको छ।
कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेहरुको सख्यां बढ्दै गएपछि प्रशिक्षण लगायतका सबै खेल गतिविधि बन्द भएका थिए।
पछिल्लो समय कोरोना सक्रंमित र मृतकको सख्यां घट्दै गएपछि इटालियन सरकारले मे १८ बाट प्रशिक्षण गर्न अनुमति दिएको हो।
इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले खेलाडीहरुको व्यक्तिगत प्रशिक्षण मे ४ र खेल समूहहरुको प्रशिक्षण मे १८ बाट सञ्चालन गर्न सकिने बताए।
प्रशिक्षणको समयमा पनि सामिजिक दूरी कायम गर्न भने उनले आग्रह गरेका छन्। इटालियन फुटबल फेडेरेसनले प्रशिक्षण अघि सबै खेलाडीको स्वास्थ्य जाँच गर्न मेडिकल टोली तयारी अवस्थामा राखिसकेको जनाएको छ।
प्रतिक्रिया