खेल


अञ्जनाले दुई पेनाल्टी रोक्दा नेपालले भारतलाई फेरि हरायो

अञ्जनाले दुई पेनाल्टी रोक्दा नेपालले भारतलाई फेरि हरायो

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार २०:७, काठमाडौँ

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा भारत पराजित भएको छ। बुधबार नेपालले भारतको सिकिमस्थित पाल्जोर रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेको हो।  

नेपालको जितमा गोलकिपर अञ्जना राना नायक बनिन्। उनले २ पेनाल्टी रोक्न सफल भइन्। अञ्जनाले भारतका प्रिया दार्शीनी र अस्टम ओरामको प्रहार विफल बनाइन्। भारतकी एक खेलाडीको प्रहार भने दिशा लिन नसक्दा सिधै पोस्ट बाहिर गयो। 

नेपालबाट भएको चार पेनाल्टी प्रहारमध्ये निशा थोकर, सविताराना मगर र रश्मीकुमारी घिसिङले गोल गरिन्। अनिता बस्नेतको प्रहार भारतकी गोलकिपर साउमिया नारायासमीले बचाइन्। 

त्यसअघि निर्धारित समयमा मैत्रीपूर्ण फुटबल १-१ को बराबरीमा समाप्त भएपछि नतिजा पेनाल्टी सुटआउटबाट भएको हो। खेलको ३०औँ मिनेटमा सौम्या गुगूल्टोहको गोलमा भारतले अग्रता बनाएको थियो। 

नेपालीकी रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काएकी थिइन्। 

यो नेपाल र भारतबीचको ‘अनअफिसियल’ मैत्रीपूर्ण फुटबल हो। नेपालले यसअघि इरान, घरेलु टोली समिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबल अन्तर्गत भएको खेलमा भारतलाई २–१ ले पराजित गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad