खेल


एक खेलअगावै सुपर सिक्समा पुगेका नेपाल र जापान भिड्दै

एक खेलअगावै सुपर सिक्समा पुगेका नेपाल र जापान भिड्दै

नेपालखबर
असोज २४, २०८२ शुक्रबार ७:७, काठमाडौँ

आईसीसी टी-२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा आज (शुक्रबार) नेपाल र जापान भिड्दै छन्। 

ओमान क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। 

नेपाल र जापान समूह चरणको एक खेलअघि नै सुपर सिक्समा पुगिसकेका छन्।

समूह बीमा लगातार दोस्रो हार बेहोर्दै कतार समूह चरणबाट बाहिरिसकेको छ।

कतारको लगातार दोस्रो हारले नेपाल र जापान एक खेलअघि नै सुपर सिक्समा पुगेका हुन्। 

नेपालले समूह चरणको पहिलो खेलमा कतारलाई ५८ रनले हराएको हो।जापानले कतारलाई ५ विकेटले हराएको हो। 

नेपाल रहेको समूह बीमा कुवेतसँगै जापान छन्। समूह एमा मलेसिया, कतार र यूएई छन्। समूह सीमा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। 

एसिया एन्ड इस्ट एसिया छनोटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।

सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad