खेल


बंगलादेशसँगको मैत्रीपूर्ण खेल एएफसीले अयोग्य भनेको दशरथ रंगशालामा, फिफाको स्वीकृति

बंगलादेशसँगको मैत्रीपूर्ण खेल एएफसीले अयोग्य भनेको दशरथ रंगशालामा, फिफाको स्वीकृति

नेपालखबर
भदौ १९, २०८२ बिहिबार १९:११, काठमाडौँ

पाहुना टोली बंगलादेशसँग नेपालको दुई मैत्रीपूर्ण खेलको नतिजा पनि बराबरी भएमा टाइब्रेकरमा हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार दशरथ रंगशालमा पत्रकार सम्मेलन गर्दै दुई खेलको नतिजा बराबरी भएमा टाइब्रेकर हुने जनाएको हो। 

एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले सम्पूर्ण तयारी पूरा भएको उल्लेख गर्दै दोस्रो खेलको नतिजा पनि बराबरी भएमा टाइब्रेकर हुने जानकारी दिएका हुन्। 

नेपालले फिफा अन्तर्राष्ट्रिय विन्डोमा आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्दैछ। उक्त दुई खेलको विजेतालाई ट्रफी प्रदान गर्ने भएकाले दोस्रो खेलमा पनि बराबरी भएमा एन्फाले टाइब्रेकरमार्फत विजेता घोषणा गर्ने जनाएको हो। उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। यो मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली नेपाल आइसकेको छ।

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउन नसक्दा फिफा र एएफसीको आधिकारिक प्रतियोगिताहरू यो मैदानमा लामो समयदेखि हुन सकिरहेको छैन। तर, दुई मैत्रीपूर्ण खेल भने फिफाकै स्विकृतिमा हुन लागेको हो। 

मिश्रले दशरथ रंगशाला धेरै फुटबल मैदान नै रहेको दाबी अहिले फिफा टाइरको फर्म भरेर नै यी दुई मैत्रीपूर्ण खेल तय भएको उल्लेख गरेका छन्।

रंगशाला असुरक्षित र अन्तर्राष्ट्रिय म्याच नै नहुने खालको नरहेको बताएका भन्दै साफको प्रतियोगिता, साफको क्लब च्याम्पियनसिप भएको र क्लब च्याम्पियनसिपको क्वालिफायरका लागि एएफसीले पनि यो रंगशालामा खेल्न दिएको उनले उल्लेख उनले बताए। 

एन्फाका प्रवक्ता सुरेश शाहले मैत्रीपूर्ण खेलको तयारी पूरा भइसकेको जानकारी दिए। उनले टिकट डिजिटल वालेट खल्ती एपमार्फत किन्न सकिने र दर्शकको सहजताका लागि खेल हुने दिन रंगशालाका सम्पूर्ण गेटहरू खुला गरिने जानकारी दिए। साथै टिकटमा उल्लेख गरिएको रङका आधारमा सिटमा बस्नुपर्ने प्रवक्ता उनले उल्लेख गरे।


दशरथ रंगशालाको करिब १५ हजार दर्शक क्षमता हो। तर क्षमताको २५ प्रतिशत एन्फाले खाली राख्ने उल्लेख गरेको छ। सामान्य प्यारापिट ९ हजार र भिआएपी प्यारापिटमा एक हजार टिकट बिक्री गर्ने एन्फाले उल्लेख गरेको छ। 

खेलका लागि टिकट दर भिआइपी प्यारापिटतर्फ एक हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ तोकिएको छ। दुवै खेल साँझ ५ः४५ बजे हुने एन्फाले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad