नेपाल प्रिमियर लिगको पहिलो चरणको अक्सनबाट ८ टिममा २६ खेलाडी अनुबन्ध भएका छन्।
काठमाण्डू गोर्खाजले आफ्नो कोटा अनुसार ५ जना खेलाडी भित्र्याउँदा अन्य टोलीले भने अक्सनको पहिलो चरणबाट कोटा पूरा गर्न सकेनन्।
काठमाण्डूले ३७ लाख रुपैयाँ खर्च गरेर आदिल आलमसहितका ५ खेलाडी अनुबन्ध गरेको हो।
दोस्रो सिजनको एनपीएलमा सबैभन्दा बढी १५ लाख मूल्य आदिल आलमसँगै, अर्जुन साउद, देव खनाल र पवन सर्राफले पाए।
अर्जुन र देव चितवन जाँदा पवनले कर्णालीबाट खेल्ने भएका छन्।
यसअघि अनसोल्ड भएका बाँकी खेलाडीलाई टोलीले न्युनतम मूल्यमा अनुबन्ध गर्न पाउनेछन्।
कुन खेलाडी कुन टिममा (मूल्यसहित)
देव खनाल–चितवन (१५ लाख)
पवन सर्राफ–कर्णाली (१५ लाख)
मोहमद आदिल आलम–काठमाण्डू (१५ लाख)
दिलीप नाथ–लुम्बिनी (१० लाख)
शेर मल्ल– लुम्बिनी (१० लाख)
हेमन्त धामी– सूदुरपश्चिम ( १० लाख)
सूर्य तामाङ –विराटनगर (१० लाख)
सन्तोष यादव–काठमाण्डू (१० लाख)
युवराज खत्री– कर्णाली (१० लाख)
मयन यादव – जनकपुर (७ लाख ५० हजार)
आकाश त्रिपाठी–काठमाण्डू (७ लाख)
नारायण जोशी–विराटनगर (५ लाख)
साहिल पटेल – विराटनगर (५ लाख)
अर्जुन कुमाल –पोखरा (५ लाख)
विशाल पटेल–लुम्बिनी (५ लाख)
आदित्य महता–जनकपुर (५ लाख)
उत्तम थापा मगर–काठमाण्डू (३ लाख)
टेकबहादुर रावत–सुदूरपश्चिम (२ लाख)
अभिषेख तिवारी– पोखरा (२ लाख)
सचिन भट्ट–जनकपुर (२ लाख)
दीपेन्द्र थापा–सुदूरपश्चिम (२ लाख)
तुलबहादुर थापा–काठमाण्डू (२ लाख)
कृष्ण पौडेल–पोखरा (२ लाख)
इमरान शेख–कर्णाली (२ लाख)
दीपक डुम्रे–कर्णाली (२ लाख)
1.5k
Shares

प्रतिक्रिया