खेल


क्लब विश्वकप: पालमिरास र चेल्सी क्वार्टरफाइनलमा

क्लब विश्वकप: पालमिरास र चेल्सी क्वार्टरफाइनलमा

नेपालखबर
असार १५, २०८२ आइतबार १२:३६, काठमाडौँ

बोटाफोगोलाई पराजित गर्दै पालमिरास फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। अन्तिम १६ को खेलमा बोटाफोगोलाई १-० ले हराउँदै पालमिरास अन्तिम ८ मा पुग्ने पहिलो टोली बनेको हो। 

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका पाउलिन्होले खेलको अतिरिक्त समयमा गोल गर्दै पालमिरास क्वार्टरफाइनलमा पुगेको हो। खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा पालमिरासले गोल गरेको थियो। 

अन्तिम १६ कै अर्को खेलमा चेल्सीले वेन्फिकामाथि ४-१ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा चेल्सीले ३ गोल थप्दा बेन्फिका १० खेलाडीमा सिमित बन्न पुग्यो। 

अन्तिम १६ कै अर्को खेलमा आज आइतबार पीएसजी र इन्टर मियामी भिड्नेछन्। अर्को खेलमा बार्यन म्युनिखले फ्लामेन्गोसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad