खेल


सेमिफाइनलनजिक पुगेका बार्सा र पीएसजीका खेल आज राति

सेमिफाइनलनजिक पुगेका बार्सा र पीएसजीका खेल आज राति

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १६:९, काठमाडौँ

च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने बलियो सम्भावना बनाएका स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनले आज दोस्रो लेग खेल्दैछन्। दुवै खेल राति पौने १ बजे हुनेछ। 

घरेलु मैदानमा भएको पहिलो लेगमा प्रभाविशाली जित निकालेका दुवै टोली सेमिफाइनल नजिक छन्। दोस्रो लेग खेल्न पीएसजी इङ्लिस क्लब वेस्टन भिल्लाको मैदानमा पुग्दा बार्सिलोना जर्मन क्लब डर्टमुन्डको मैदानमा उत्रनेछ। 

घरेलु मैदानमा ४-० को जितले बार्सिलोना सेमिफाइनलका लागि बलियो अवस्थामा छ। तर डर्टमुन्ड पनि सोही बदला लिँदै सेमिफाइनलका लागि मंगलबार राति आक्रामक रुपमा उत्रनेछ। 

सोही समयमा पीएसजीसँग बदला लिँदै सेमिफाइनल पुग्ने दाउमा रहनेछ वेस्टन भिल्ला। पहिलो लेगमा भिल्ला ३–१ ले पछि परेको छ। उसलाई सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न निर्धारित समयमा २-० को नतिजा आवश्यक पर्छ। 

यो खेलको विजेताले च्याम्पियन्स लिगको सेमिफाइनलमा बुधबार राति हुने रियल मड्रिड र आर्सनलको विजेतासँग भिड्नेछ। बार्सिलोना र डर्टमुन्डको विजेताले बायर्न म्युनिख र इन्टरमिलानको विजेतासँग सेमिफाइनलमा खेल्नेछ। 

बुधबार राति पौन १ बजे जर्मन क्लब बायर्न म्युनिख र इन्टरमिलान भिड्दा अर्को खेलमा रियल मड्रिड र आर्सनल भिड्नेछन्। पहिलो लेगमा रियल आर्सनलसँग ३-० ले र बायर्न इन्टरसँग २-११ ले पछि परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad