खेल


आईपीएलः लखनउको दोस्रो जित, मुम्बइको तेस्रो हार

आईपीएलः लखनउको दोस्रो जित, मुम्बइको तेस्रो हार

नेपालखबर
चैत २३, २०८१ शनिबार ५:४७, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्टले दोस्रो जित दर्ता गरेको दिन मुम्बइ इन्डियन्सले भने तेस्रो हार व्यहोरेको छ। 

शुक्रबार लखनउमा भएको खेलमा मुम्बइलाई १२ रनले हराउँदै लखनउले दोस्रो जित हात पारेको हो। 

लखनउले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो। 

सूर्य कुमार यादवले सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। उनले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गरे। 

नमन धिरले ४६ रन थपे। कप्तान हार्दिक पाण्ड्या २८ र तिलक वर्मा २५ रनमा पेभेलियन फर्के। 

त्यसअघि मुम्बइले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लखउनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३ रनको योगफल तयार पारेको थियो। 

ओपनर मिचेल मार्स ६० रन बनाउँदा कट एण्ड बोल्ड हुन पुगे। अर्का ओपनर एडेन मक्रम ५३ रन बनाउँदा हार्दिक पाण्ड्याको बलमा क्याच आउट भए। 

हार्दिकले १२ रन बनाएका निकोलस पुरनलाई १२ रन बनाउँदा क्याच आउट गराए।  आयुष बाडोनी २९ र डेविड मिलर २७ रन बनाउँदा पेभेलियन फर्के। 

मुम्बइका हार्दिक पाण्ड्याले ५ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। उनले आफ्नो स्पेलमा ३६ रन खर्चे। 

जितसँगै २ खेलमा जित र २ खेलमा हार भोगेको लखनउ ४ अंकमा तालिकाको छैटौँ स्थानमा छ। समान खेलबाट १ खेलमा जित र ३ खेलमा हार भोगेको मुम्बइ २ अंकमा सातौँ स्थानमा छ। 

आइपीएलमा आज शनिबार दुई खेल हुँदैछन्। दिनको पहिलो खेलमा चेन्नइ सुपर किंग्स र देल्ली क्यापिटल्स भिड्नेछन्। सो खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ। 

शनिबार कै दोस्रो खेलमा पञ्जाव किंग्स र राजस्थान रोयल्स खेल्नेछन्। यो भने राति पौने आठ बजे सुरु हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad