खेल


नारी दिवस कप: नेपालले आज नामिबियासँग खेल्दै, कप्तान इन्दु बर्मा भन्छिन्- बेस्ट स्पटमा छौँ

नारी दिवस कप: नेपालले आज नामिबियासँग खेल्दै, कप्तान इन्दु बर्मा भन्छिन्- बेस्ट स्पटमा छौँ

नेपालखबर
फागुन २४, २०८१ शनिबार ११:५०, काठमाडौँ

युगान्डामा सञ्चालन हुने नारी दिवस कप चार देशीय महिला टी–२० शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्दै छ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाली समयअनुसार अपराह्न ४:४५ बजे हुने खेल नेपालका लागि नामिबियाको महिला टोलीसँगको पहिलो भेट हो।

शृङ्खलामा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ। सबै टोलीले एकअर्कासँग सामान दुई-दुई खेल खेल्नेछन्।

देशका लागि अहिलेसम्म च्याम्पियन ट्रफी ल्याउन नसकेकाले यसपालि त्यो खडेरी तोड्ने लक्ष्यका साथ मैदान प्रवेश गर्न लागेको कप्तान इन्दु बर्माले बताएकी छन्। 

यसअघिका त्रिदेशीय शृंखलामा धेरै कमजोरीहरू सुधार भएकाले अहिले नेपाली टोली उत्कृष्ट अवस्थामा रहेको पनि उनले सुनाइन्।

‘हामी बेस्ट स्पट (उत्कृष्ट अवस्था)मा छौँ,’ इन्दु भन्छिन्, ‘भर्खरै हामीले त्रिदेशीय शृंखला खेल्यौँ। हामीले हाम्रो तर्फबाट गुड क्रिकेट खेल्न खोजिरहेका छौँ। त्रिदेशीय शृंखलामा जे–जस्ता कमजोरी थिए, सम्पूर्ण प्रयासका साथ हामी रेडी छौँ। समग्र तयारी एकदमै राम्रो पनि छ। एकदम सकारात्मक पनि छौँ। देशलाई प्रतिनिधित्व गरेर च्याम्पियन ट्रफी ल्याउन पाएको छैन। च्याम्पियन भएर फर्किनु मुख्य लक्ष्य हो।’

नेपालले फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्ने तालिका छ।

त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन्।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छ्न्।

नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले आफ्ना टोलीको कमजोरी सुधार गरी सिरिज जितेर फर्कने युगान्डा जानुअघि भएका थिए। त्यस्तै, नेपाली टिमकी कप्तान बर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले उक्त शृङ्खलामा राम्रो खेल खेलेर फर्कने बताएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad