खेल


पहिलो हिसान-ललितपुर बास्केटबल प्रतियोगिताको उपाधि प्रिमियर इन्टरनेशनललाई

पहिलो हिसान-ललितपुर बास्केटबल प्रतियोगिताको उपाधि प्रिमियर इन्टरनेशनललाई

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १३:१७, काठमाडौँ

नेपाली विद्यालय तथा कलेज बास्केटबलको इतिहासमा प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलले नयाँ इतिहास रचेको छ।

प्रिमियरले प्लस २ पुरुषतर्फको उपाधि जित्दै पहिलो हिसान-ललितपुर बास्केटबल प्रतियोगिताको पहिलो अपराजित च्याम्पियन बनेको हो। 

यस जितलाई अझ विशेष बनाउँदै प्रिमियर इन्टरनेशनलका आईबीडीपी वर्ष २ का विद्यार्थी प्रणय बास्सीलाई प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी भए। 

प्रतियोगिताभरि प्रिमियर इन्टरनेशनलले रणनीतिक खेल, अनुशासन, र अपराजेय टीमवर्क प्रदर्शन गर्दै स्कुल बास्केटबलमा नयाँ मापदण्ड स्थापित गरेको कलेजले जनाएको छ। फाइनल खेलमा प्रिमियरले लिटल एन्जल्स’ स्कुललाई पराजित गर्दै ट्रफी उचाल्यो।

कलेजका अनुसार अन्य विधाहरूमा पनि रोचक प्रतिस्पर्धा भएको थियो। प्लस२ महिला फाइनलमा लिटल एन्जल्स’ स्कूलले ब्लूबर्ड स्कूललाई कडा प्रतिस्पर्धामा हराउँदै उपाधि जित्यो। त्यस्तै ब्याचलर पुरुषहरूको फाइनलमा ब्राइट फ्युचर कलेजले नागर्जुना कलेजलाई हराउँदै च्याम्पियन बन्यो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad