खेल


लिभरपुलले बनायो उपाधि होड थप बलियो

लिभरपुलले बनायो उपाधि होड थप बलियो

नेपालखबर
फागुन १५, २०८१ बिहिबार ७:२३, काठमाडौँ

न्युक्यासल युनाइटेडलाई हराउँदै लिभरपुलले प्रिमियर लिगको उपाधि होड थप बलियो बनाएको छ। 

बुधबार राति एनफिल्डमा भएको खेलमा न्युक्यासललाई २–० गोल अन्तरले हराउँदै लिभरपुलले उपाधि होड थप बलियो बनाएको हो। 

अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले १३ अंकको स्पष्ट अग्रता बनाएको छ। शीर्ष स्थानको लिभरपुलको ६७ अंक छ। दोस्रो स्थानको आर्सनलको ५४ अंक छ। 

पहिलो हाफको ११औँ मिनेटमा डोमिनिक स्जोबोस्लाइको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। 

पहिलो हाफमा १–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप १ गोल गर्‍यो।

खेलको ६३औँ मिनेटमा मोहम्मद सलाहको पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। 

गएराति भएको खेलमा दोस्रो स्थानको आर्सनलले नटिङ्घम फरेस्टसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। ब्रेनफोर्ड र एभर्टनले भने १–१ को बराबरी गरे।

अर्को खेलका म्यानचेस्टर युनाइटेडले इप्सविच टाउनमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको छ। म्यानचेस्टर सिटीले भने टोटनहमविरुद्ध १–० को साँघुरो जित दर्ता गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad