अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार च्याम्पियन्स ट्रफी जित्ने क्रिकेट टोलीको पुरस्कार राशि घोषणा गरेको छ।
आईसीसीले आफ्नो वेबसाइटमा दिएको जानकारीअनुसार विजेता टोलीले २२ लाख ४० हजार डलर (३० करोड ९७ लाख ४४ हजार रुपैयाँ) पाउनेछ।
दोस्रो हुने टोली अर्थात् फाइनलमा हार्ने टोलीले ११ लाख २० हजार डलर (१५ करोड ४८ लाख ७२ हजार रुपैयाँ) पाउनेछ।
यस्तै सेमिफाइनलमा हार्ने टोलीले ५ लाख ६० हजार डलर (७ करोड ७४ लाख ३६ हजार रुपैयाँ) पाउनेछ।
२०१७ च्याम्पियन्स ट्रफीको कूल पुरस्कार राशि ५३ प्रतिशतले बढाइएको छ र यसपटक पुरस्कार राशिमा कूल ६९ लाख डलर (९५ करोड ४१ लाख २३ हजार) खर्च हुनेछ।
फेब्रुअरी १९ मा सुरु हुने च्याम्पियन्स ट्रफी २०२५ मा आठ टोलीले खेल्नेछन्। यसको फाइनल खेल मार्च ९ मा हुनेछ।
यसलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा चार टोली छन्।
च्याम्पियन्स ट्रफीका खेलहरू पाकिस्तान र संयुक्त अरब इमिरेट्समा हुनेछन्।
तर भारतका खेल पाकिस्तानमा आयोजना हुने छैनन्।
२०१७ मा च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराएको थियो।
Shares

प्रतिक्रिया