खेल


सिक्किमको थन्डरबोल्टस्‌लाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा-राराको सेमिफाइनलमा

सिक्किमको थन्डरबोल्टस्‌लाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा-राराको सेमिफाइनलमा

नेपालखबर
माघ २९, २०८१ मंगलबार १६:३४, काठमाडौँ

सिक्किमको थन्डरबोल्टस् नर्थ युनाइटेडलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी आहा-रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

पोखरा रागंशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा युनाइटेडलाई ३-० को फराकिलो अन्तरले हराउँदै ब्ल्याक बुल्स अन्तिम चारमा पुगेको हो। ब्ल्याक बुल्सले सेमिफाइनलमा स्थान बनाएसँगै आहा-राराको सेमिफाइनल समीकरण पूरा भएको छ।  यसअघि नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र थ्रीस्टारले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। 

खेलको पहिलो हाफमा एक गोल गरेको ब्ल्याक बुल्सले दोस्रो हाफमा २ गोल थप्यो। पहिलो हाफको ३६ औँ मिनेटमा इस्लोमजोन अब्दुकोडिरोभको गोलमा ब्ल्याक बुल्सले सुरुवाती अग्रता बनाएको थियो। सभ्कात्जोन सत्तोरोभको पासमा उनले युनाइटेडका गोलरक्षक र डिफेन्डरको बीचबाट सेकेन्ड बारबाट उत्कृष्ट गोल गरे। 

खेलको ७३ औँ मिनेटमा साभ्कातजोनको क्रसमा साइडजामोलले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता दोब्बर पारे। खेलको ७५ औँ मिनेटमा साभ्कातजोन सत्तोरोभको गोलमा ब्ल्याक बुल्सले ३–० को आरामदायी अग्रता बनायो। 

ब्ल्याक बुल्सले अब फाइनल प्रवेशका लागि ५ पटकको च्याम्पियन थ्रीस्टार क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ। पहिलो सेमिफाइनलमा भोलि बुधबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन्। सो खेल दिउँसो २:३० बजे सुरु हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad