नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ थालेको लुम्बिनी लायन्सलाई सुरुमै झड्का लागेको छ।
ओपनर आशुतोष घिरैयालाई शून्य रनमै गुमाएको लुम्बिनीका अर्का ओपनर उन्मुक्त चन्द पनि शून्य रनमै क्याच आउट भए।
दुवै ओपनरलाई बिपिन खत्रीले आउट गरेका हुन्।
पहिलो ओभरमा आशुतोस र तेस्रो ओभरमा चन्दलाई आउट गरेका हुन्। अहिले कप्तान रोहित पौडेल र सन्दीप जोरा ब्याटिङमा छन्।
दुवै टोली आज पहिलो जितको खोजिमा छन्।
36
Shares

प्रतिक्रिया