ad ad

खेल


महिला एसिया कप : यूएईविरुद्ध नेपालको घातक बलिङ

महिला एसिया कप : यूएईविरुद्ध नेपालको घातक बलिङ

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १५:२, काठमाडौँ

एसीसी महिला एसिया कप २०२४ को उद्घाटन खेलमा यूएईविरुद्ध नेपालले घातक बलिङ गरिरहेको छ। 

श्रीलंकाको दाम्बुला क्रिकेट स्टेडियममा टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले ८ ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा ५२ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा काभिसा १२ र खुसी शर्मा १ रनमा अविजित छन्। 

यूएईलाई कमजोर अवस्थामा ल्याउन नेपालकी कप्तान इन्दु बर्माले २ विकेट लिईन्। सवनम राईले एक् विकेट झारिन्। 

यूएईका लागि समाइरा डार्निडर्काले बनाएको १३ रन नै सर्वाधिक रह्यो। कप्तान इसा ओजा १० रन बनाउँदा रन आउट भईन्। 

नेपालले सन् २०१६ पछि एसिया कप खेलेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .