ad ad

खेल


युकेश र सावित्रा वर्ष खेलाडी

युकेश र सावित्रा वर्ष खेलाडी

नेपालखबर
असार १७, २०७६ मंगलबार १२:१६,

नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा पुरुष स्पर्धामा युकेश र महिला स्पर्धामा सावित्रालाई बर्ष खेलाडी घोषित भएका हुन्।

पुरुषतर्फका विजेता युकेशले क्रिकेटका पारस खड्का र सोमपाल कामी तथा गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठलाई पछाडी पार्दै अवार्ड जितेका हुन्।

नेपाललाई १८ औ एसियाली खेलकुदमा प्याराग्लाईडिङ क्रसकन्ट्रीको पुरुष टिम ईभन्टमा रजत जिताउन सर्वाधिक स्कोर गरेका युकेशले स्याङ्जामा भएको पाराग्लाईडिङ एक्युरिसी वल्र्ड कपमा काँस्य पदक जितेका थिए। 

बर्ष महिला खेलाडी घाषित सावित्राले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङलाई पछाडी पारिन्।

नेपाललाई साफ च्याम्पियनसिपको उपविजेता बनाउन महत्वपुर्ण योगदान गरेकी सवित्राकै प्रभावशाली प्रर्दशनमा नेपालले भारतमा भएको हिरो गोल्डकपमा उपविजेता बनेको थियो। 

प्याराग्लाइडिङ टोली

टिम अफ द इअर बन्यो प्याराग्लाइडिङ टोली 
एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्न सफल प्याराग्लाइडिङको पुरुष टोली वर्ष उत्कृष्ट टोली घोषित भएको छ।

मंगलबार पल्सर स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट टोली विधामा प्याराग्लाइडिङ टोलीले सफलता हात पारेको हो। त्यसबेला नेपाललाई एकमात्र पदक दिलाउने खेल पनि प्याराग्लाइडिङ थियो।

प्याराग्लाइडिङका योगेश उत्कृष्ट प्रशिक्षक

बर्ष उत्कृष्ट प्रशिक्षक भने प्याराग्लाईडिङका योगश भट्टराई घोषित भए । एसियन गेम्समा नेपाललाई ऐतिहासिक रजत जिताएका उनी बर्षका उत्कृष्ट प्रशिक्षकको हकदार बने । उनले फुटबलका हरि खड्का, एथलेटिक्सका धनीराज चौधरी, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र विष्टलाई पछाडी पारे ।

सावित्रा

सावित्राले जितिन् सर्वोत्कृष्ट महिला खेलाडी अवार्ड

राष्ट्रिय महिला फुटबल टोलीकी उत्कृष्ट स्ट्राइकर सावित्रा भण्डारीले पल्सर स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन्।

यस अवार्डका लागि भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सिता राणा मगर, तेक्वान्दोकी निमा गुरुङ र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई सावित्राले पछाडि पारेकी हुन्।

सन्दीप र सावित्रालाई उछिन्दै रेश्माले जितिन् पिपुल्स च्वाइस अवार्ड

पिपल्स च्वाइस अवार्ड भने भलिबलकी विभागीय टिम एपीएफकी रेश्मा भण्डारीले चुनिईन्। उनले क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारिरिक सुगठनका महेश्वर महर्जनलाई पछाडी पार्दै रेश्माले लोकप्रिय अवार्ड जित्न सफल भईन्। 

रेश्मा

यस अवार्ड प्राप्त गर्नका लागि रेश्माले विश्व बडिबिल्डिङ च्याम्पियन महेश्वर महर्जन तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई पनि पछाडि पारिन्।

यस अवार्डका लागि रेश्माले ८७ हजार ४८७ भोट प्राप्त गरिन्। सावित्रा भण्डारीले ६९ हजार २४१ भोट प्राप्त गरिन्।

रोकाया

रोकायाले जिते लाइफ टाइम अचिभमेन्ट अवार्ड

हरी बहादुर रोकायाले लाइफ टाइम अचिभमेन्ट अवार्ड जितेका छन्। एथ्लेटिक्सका भेटरान खेलाडी रोकायाले पल्सर स्पोर्ट्स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड जितेपछि आफूलाई धेरै खुशी लागेको बताए।

अजित

अजितले जिते उत्कृष्ट युवा खेलाडीको अवार्ड
एथ्लेटिक्सका अजितकुमार यादव युवा बर्ष खेलाडी घोषित भए । तेस्रो एसियन युथ च्याम्पियनसिपको ३ हजार मिटर दौडमा कीर्तिमानी स्वर्ण जितेका उनलाई युवा बर्ष खेलाडी घोषित गरिएको हो । उनले ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली कुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठलाई पछाडी पारे ।

मनकेशी

मनकेशी चौधरी पारा एथ्लेटिक्सतर्फको उत्कृष्ट खेलाडी
यसैगरी पल्सर स्पोर्ट्स अवार्डमा पारा एथ्लेटिक्सतर्फको उत्कृष्ट खेलाडीमा मनकेशी चौधरीले बाजी मारेकी छिन्।

उनी दृष्टिविहिन महिला क्रिकेटकी अलराउन्डर खेलाडी हुन्। अघिल्लो वर्ष पाकिस्तानविरुद्धको सेरिज जित्दा उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन्। उनले ५० हजार रुपैयाँ प्राप्त गरिन्।

रोहित चन्दले जिते पल्सर स्पेसल अवार्ड

अन्तराष्ट्रिय रुपमा ब्यवसायीक फुटबल करियर अघि बढाईरहेका रोहित चन्दलाई स्पेशल अवार्डबाट सम्मानित गरियो । उनी अहिले ईन्डोनेशियाको शीर्ष डिभिजनको लिग खेलिरहेका छन् । उनकै उच्च प्रर्दशनमा पर्सिजा जाकार्ताले गत बर्षको लिग उपाधि उचालेको थियो । उनी बर्षको मोस्ट भ्यालुएबल खेलाडी घोषित भएका थिए । 

गतवर्ष इन्डोनेसियन लिग खेलेका उनले पेर्सिजा जाकार्तालाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। साथै उनी लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

उनलाई ५० हजार रुपौयाँ पुरस्कार समेत दिइएको छ। पुरस्कार ग्रहण गर्न भने उनका दाई रोविन चन्द स्टेजमा आएका थिए। रोहित भने हाल इन्डोनेसियामै छन्।

यसैगरी, पल्सर स्पोर्ट्स अवार्ड कर्यक्रममा एसियाली खेलकुद पत्रकारिता अवार्ड पाकिस्तानका अमजाद अजिज मलिकलाई प्रदान गरिएको छ।

उनले आफ्नो दराजमा धेरै अवार्ड भएपनि यस अवार्ड सबैभन्दा ठूलो भएको प्रतिक्रिया दिए। उनले भने,‘मेरो दराजमा धेरै अवार्ड छन् तर सबैभन्दा ठूलो यसलाई मान्नेछु। देशलाई हामी दिन्छौं। देशले पनि हामीलाई हेर्नुपर्छ।’

सबै तस्बिर: प्रविन कोइराला 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .