विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत अहिले (शनिबार बिहान) जारी अमेरिका र नेपालबीचको खेलमा नेपाललाई पहिलो झड्का लागेको छ।
त्रिवि क्रिकेट मैदानमा ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल तेस्रो ओभरको पहिलो बलमा रस्टी थेरोनको बलमा क्याच आउट भए। १० बलको सामना गरेका खकुरेल ३ रन जोड्दा पवेलिय फर्के। दोस्रो ब्याट्सम्यानको रूपमा पूर्वकप्तान पारस खड्का मैदान आएका छन्।
क्रिजमा अहिले कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का छन्। पाँच ओभरको समाप्तीमा नेपाल विकेट गुमाउँदै १४ रन बनाएर खेलिरहेको छ। कप्तान ज्ञानेन्द्रले १ चौकासहित ८ रन जोडे। पारस खड्काले ३ रन जोडे।

प्रतिक्रिया