ad ad

खेल


सिटी स्ट्राइकर अल्भारेजको दाँत मैदानमै भाँचिएको हो?

सिटी स्ट्राइकर अल्भारेजको दाँत मैदानमै भाँचिएको हो?

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १२:१०, काठमाडौँ

गयराति भएको इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा म्यानचेस्टर सिटी फराकिलो अन्तरले विजयी हुँदा स्ट्राइकरल जुलियन अल्भारेजको एउटा तस्बिर भाइरल भयो।

सिटीले बोउर्नमाउथविरुद्ध ६-१ को एक पक्षीय जित निकाल्ने क्रममा अल्भारेज र अर्का स्ट्राइकर अर्लिङ हालान्ड स्कोर गर्न चुके। तर जेरेमी डोकु एक्लैले २ गोल गर्दा तीन गोलका लागि असिस्ट गरे।

यस्तोमा डोकुकै पासमा खेलको ३३ औँ मिनेटमा बेर्नार्डो सिल्भाले सिटीका लागि दोस्रो गोल गरे। उक्त गोलको सेलिब्रेसनका क्रममा अर्जेन्टाइन स्ट्राइकर अल्भारेजको एउटा तस्बिर भाइरल भयो।

उक्त तस्बिरमा अल्भारेजको माथिल्लोतर्फको दाँत भाँचिएर झरेको जस्तो देखिन्थ्यो। सेलिब्रेसनका क्रममा हातले लागेर अल्भारेजको माथिल्लो दाँत भाँचिएको अनुमानसहित धेरै समाचार पनि बने।

तर अल्भारेजले खेल सकिएपछि एक इन्स्टाग्राम पोस्टमार्फत आफ्नो दाँत नभाँचिएको जवाफ दिएका छन्। उनले सबै सामान्य रहेको बताउँदै सेलिब्रेसनका क्रममा हातले ठोकिएर आफ्नो माथिल्लो दाँतबाट रगत मात्रै आएको बताएका छन्। 

सिल्भाले खेललाई अग्रता २-० मा पुर्‍याएपछि जेरेमी डोकु, म्यानुअल अकान्जी, फिल फोडेन र नाथन एके खुसी साटासाट गर्दै थिए। त्यहाँ अल्भारेज पनि सहभागी थिए। त्यहीबेला खिचिएका केही तस्बिरमा अल्भारेजको माथिल्लो दाँत भाँचिएर खाली जस्तो देखिएको थियो।

उक्त दृश्यपछि अल्भारेजको दाँत भाँचिएको भन्दै तस्बिर भाइरल भइरहेको थियो। तर अल्भारेजले इन्स्टाग्राम पोस्टमार्फत आफ्नो दाँत नभाँचिएको जवाफ दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .