ad ad

खेल


मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

माल्दिभ्सविरुद्धको गोलपछि नेपाली टोली। तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज ८, २०८० सोमबार १५:२९, काठमाडौँ

मालदिभ्समाथि सानदार जित निकाल्दै घरेलु टोली नेपाल साफ यू १९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको समुह ए को अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले अन्तिम चारमा स्थान बनाएको हो।

योसँगै समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।

सेमिफाइनलमा नेपालले भारत र भुटानबीच एक टोलीसँग खेल्नेछ। आजै हुने समूह बीको अन्तिम खेलमा भारत र भुटान भिड्दैछन्।

पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै ३ अंकमा समूह उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो। पाकिस्तानसँग बराबरी गरेको मालदिभ्स १ अंकमा तालिकाको पुछारमा रहँदै समुह चरणबाटै बाहिरिएको छ।  

नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्सन र  निराजन धामीले समान एक गोल गरे। खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्यो।

खेलको छैटौँ मिनेटमा निराजन धामीको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउने मौका गुमायो। त्यसको दुई मिनेट पछि नै निराजन कै प्रहार क्रसबारको थौरैमाथिबाट बाहिरियो।

खेलको १७ औं मिनेटमा प्रशान्त लक्सनको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। खेलको २७ औं मिनेटमा मालदिभ्सका कप्तान मोहम्मदको फ्रिकीक प्रहार नेपालका गोलरक्षक जियारथले सहजै बचाए।

२९ औं मिनेटमा निराजन धामीको थ्रु पासमा पासमा समिर तामाङको उत्कृष्ट गोलमा नेपालले अग्रता दोब्बर पार्यो।

खेलको ३४ औं मिनेटमा नेपाल र मालदिभ्स १० खेलाडीमा सीमित भए। नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद यान हसनले सिधै रातो कार्ड खाँदै मैदान छाडे।

मालदिभ्सका खेलाडीको लङ क्रस प्रहार अफ बलमा नेपालका सुजनले मालदिभ्सका मोहम्मदलाई धकेलेका थिए। त्यही क्रममा दुवै खेलाडीबीच झगडा हुँदा रेफ्रिले सिधै रातो कार्ड देखाएका थिए।

खेलको ८८ औं मिनेटमा प्रशान्त लक्सामको क्रसमा निराजन धामीले गोल गर्दै नेपाललाई ३–१ को अवस्थामा ल्याए।

इन्ज्युरी समयमा समिरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे। दीपक थापामगरको क्रसमा समिरले हेडर गोल गरे।

तस्बिरहरू : सरोज नेपाल

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .