ad ad

खेल


भारतविरुद्ध पावरप्लेमा नेपालको उत्कृष्ट प्रर्दशन

भारतविरुद्ध पावरप्लेमा नेपालको उत्कृष्ट प्रर्दशन

नेपालखबर
भदौ १८, २०८० सोमबार १६:९, काठमाडौँ

एसिया कपमा भारतविरुद्ध पावर प्लेमा नेपालले उत्कृष्ट प्रर्दशन गरेको छ। 

श्रीलंकाको कान्डीस्थित पाल्केले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले १० ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ६५ रन बनाएर खेलिरहेको छ। 

ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए। कुशलले २५ बलमा ३ चौका र २ छक्का हाने। 

क्रिजमा आशिफ शेख २३ र भिम सार्की शुन्य रनमा नटआउट छन्। आशिफले ३६ बलमा ४ चौक हानेका छन्। 

पहिलो पाँच ओभरमा ३ क्याच छाडेपछि भारत केही दबाबमा देखिएको छ। 

पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले हार भोगेको नेपाल भारतविरुद्ध सम्हालिएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .