ad ad

खेल


एसिया कप क्रिकेट : पाकिस्तानलाई रोक्ने योजनामा भारत, चिन्ता पेस बलरको

एसिया कप क्रिकेट : पाकिस्तानलाई रोक्ने योजनामा भारत, चिन्ता पेस बलरको

नेपालखबर
भदौ १३, २०८० बुधबार १५:३७, काठमाडौँ

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले मुलतानमा पाकिस्तान र नेपाल भिडिरहेका छन्।

आफ्नो पहिलो खेलमा पाकिस्तान र नेपाल भिडिरहँदा उता अर्को बलियो टोली बैंगलोरबाट श्रीलंकातर्फ उडेको छ।

यसअघि भारतीय टोलीले बैंगलोरको अलुरमा ५ दिनसम्मको प्रशिक्षण लियो। यस क्रममा भारतले पाकिस्तानी टिमलाई ध्यान राखेर तयारी गरेको हो। 

एसिया कपमा भारत-पाकिस्तानको भिडन्त २ सेप्टेम्बरमा हुँदैछ। भारतीय टप अर्डरका ब्याटरहरुले पहिलो दिनबाहेक बाँकी चार दिन लेफ्ट आर्म फार्स्ट बलर शाहिन शाह अफ्रिदी र पाकिस्तानी पेस बलरलाई ध्यान दिएका छन्।

एसिया कपका लागि भारतीय टिममा एकजना पनि लेफ्ट आर्म फास्ट बलर छैनन्। यसकारण यश दयाल र अनिकेत चौधरीलाई बोलाइएको थियो। पेसलाई ध्यान दिँदै उमरान मलिकलाई पनि  नेटबलर्सका रुपमा बोलाइएको थियो।

भारतीय टोलीका कप्तान रोहित शर्मा, विराट कोहलीसहित टप अर्डरका ब्याटर शुभमन गिल, श्रेयस अय्यर र अलराउन्डर रविन्द्र जडेजाले पेसर्स खास गरी लेफ्ट आर्म फास्ट बलर यश दयाल र अनिकेत चौधरीसँग मिहिनेत गरेका छन्। 

पछिल्लो साल अस्ट्रेलियामा भएको टी-२० विश्वकप क्रिकेटका क्रममा भारतीय ब्याटरले पाकिस्तानी पेसर्ससँग संघर्ष गर्नु परेको थियो। 

यस क्रममा भारतका ६ विकेट गएका थिए। जसमा ३ विकेट पेसर्सले लिएका थिए। बाँकी २ स्पिनर्सले लिँदा एकजना रन आउट भएका थिए। तर पनि भारतले उक्त खेल ४ विकेटले जितेको थियो।

अर्कातिर यूएईमा सन् २०२१ मा भएको टी-२० विश्वकपमा भारतलाई पहिलो पटक विश्वकपमा पाकिस्तानले १० विकेटले हराएको थियो। 

भारतका टप अर्डरका ब्याटरहरु लेफ्ट आर्म पेसर शाहिन शाह अफ्रिदीसामु विवश बनेका थिए। शाहिन शाहले केएल राहुल, विराट कोहली र रोहित शर्मालाई पवेलिन फर्काएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .