ad ad

खेल


‘स्कुल टु ओलम्पिक’ : ओलम्पियनको अनुभवमा विद्यार्थीको जिज्ञासा

‘स्कुल टु ओलम्पिक’ : ओलम्पियनको अनुभवमा विद्यार्थीको जिज्ञासा

नेपालखबर
भदौ ८, २०८० शुक्रबार २२:१६, काठमाडौँ

नेपाल ओलम्पियन्स संघ र नेपाल प्रहरी स्कुलको आयोजनामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ। 

शुक्रबार संघको समन्वयमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा ओलम्पियनहरूले आफ्नो अनुभव सुनाउँदा विधार्थीहरूले जिज्ञासा राखेका थिए। 

कार्यक्रममा चार पटक ओलम्पिकमा सहभागिता जनाएका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, संघका अध्यक्ष तथा तेक्वान्दो खेलाडी दीपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, सचिव देवु थापा, कोषाध्यक्ष स्नेहा राणा र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले विधार्थीहरुमाझ आफ्नो खेल जीवनको अनुभव सुनाएका थिए। 

कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, जुडो, कराते, तेक्वान्दो खेलको प्रदर्शन गरेका थिए। स्कुलका इन्चार्ज फणिन्द्र प्रसाईले ओलम्पियनसँगको अन्तरक्रियाले विधार्थीहरुमा उचाई थपिएको विश्वास व्यक्त गरे। 

संघले यसअघि कीर्तिपुरमा नेपाल एपीएफ स्कुलमा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न गरेको थियो। 

त्यसअघि कर्णाली प्रदेशको सुर्खेत र जुम्ला, सुदूरपश्चिमको धनगढी र भिमदत्त नगरपालिकामा, कोशीको इटहरी, लुम्बिनीको सिद्धार्थनगरमा स्कुल टु ओलम्पिक कार्यक्रम भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .