ad ad

खेल


लिभरपुलका प्रशिक्षक भन्छन् : ट्रान्सफर विन्डो युरोपमाभन्दा साउदी अरेबियामा लामो हुनु राम्रो होइन

लिभरपुलका प्रशिक्षक भन्छन् : ट्रान्सफर विन्डो युरोपमाभन्दा साउदी अरेबियामा लामो हुनु राम्रो होइन

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८० बुधबार १४:२३, काठमाडौँ

लिभरपुलका म्यानेजर जुर्गेन क्लोपले खेलाडीको ट्रान्सफर विन्डो युरोपभन्दा साउदी अरेबियामा लामो हुनु ठीक नभएको बताएका छन्। 

ट्रान्सफर विन्डो युरोपमाभन्दा साउदी अरेबियामा झण्डै तीन साता लामो छ। 

युरोपका शीर्ष लिगहरुमा खेलाडी स्थानान्तरणको समयसीमा सेप्टेम्बर १ सम्म छ। यता साउदी अरेबियाको सेप्टेम्बर २० सम्म छ। 

यसअर्थ मध्यपूर्वी देशका क्लबले समर सिजनमा अझै हाई प्रोफाइल खेलाडी अनुबन्ध गर्ने उच्च सम्भावना छ। जबकी यसो गर्न अब युरोपेली क्लबहरुलाई कठिन हुँदै आएको छ। 

‘मलाई धेरै नराम्रो लागिरहेको छ, साउदी अरेबियामा स्थानान्तरणका लागि तीन साता लामो खुला छ’, उनले भने, ‘यदि म सही छु भने यो युरोपका लागि उपयोगी छैन।’ 

उनले युईएफए र फिफाले यसको समाधान खोज्नुपर्ने पनि बताए। ‘अब के हुन्छ मलाई ठ्याक्कै थाहा छैन। तर युरोपका लागि यो उपयोगी छैन’, उनले अगाडि भने। 

ट्रान्सफरमार्केटका अनुसार साउदी प्रो लिग क्लबहरुले यो समरमा अहिलेसम्म ४०९ मिलियन युरो खर्च गरिसकेका छन्। 

विश्व फुटबलमा पाँचौँ तथा स्पेनको ला लिगाभन्दा २५४ मिलियन युरो बढी खर्च गरेको छ। 

प्रिमियर लिगले १.३७ बिलियन युरो खर्च गरेर शीर्ष स्थानमा छ।

त्यसपछि इटालीको सिरी ए ले ५४८ मिलियन युरो, फ्रान्सको लिग १ ले ४५८ मिलियन युरो र जर्मनीको बुन्डेस लिगाले ४५१ मिलियन युरो खर्च गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .