भारतको बैंगलोरमा सुरु भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतको पहिलो खेलको पहिलो हाफमा नेपाल २ गोलले पछि परेको छ।
बलियो मानिने टोली कुवेतसँग प्रतिस्पर्धा गरिरहेको नेपालले पहिलो हाफमै २ गोल खाएको हो। बैंगलोरस्थित श्री कान्तिरभा स्टेडियममा खेल भइरहेको छ।
खेलको २३ औँ मिनेटमा कप्तान खालिद हाजियाले गोल गर्दै कुवेतलाई १–० को अग्रता दिलाए।
कर्नर प्रहारमा नेपालका डिफेन्डरबीच तालमेल नमिल्दा गोलरक्षक अघि बढेको अवस्थामा खालिदले बललाई पोष्टको गति दिए।
त्यसपछि खेलको ४१ औँ मिनेटमा नेपालले अर्को गोल खायो। कुवेतका लागि शाहबैब अल्खादीले गोल गरेपछि अग्रता २-० मा पुर्याए।
123
Shares
प्रतिक्रिया