ad ad

खेल


नेपाली क्रिकेट टोलीले दक्षिण अफ्रिकाको भ्रमण गर्ने

नेपाली क्रिकेट टोलीले दक्षिण अफ्रिकाको भ्रमण गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टिम


नेपालखबर
बैशाख २८, २०८० बिहिबार १७:१८, काठमाडौँ

आईसीसी विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ।

दक्षिण अफ्रिका भ्रमणका लागि नेपाली टोलीको भिसा प्रक्रिया सुरु भइसकेको नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक महासचिव दुर्गाराज पाठकले जानकारी दिए।

नेपालले दक्षिण अफ्रिकामा नेदरल्याण्ड्स, स्कटल्याण्ड र दक्षिण अफ्रिका ‘ए’ टोलीसँग अभ्यास खेल खेल्ने तालिका छ। अभ्यास खेलका लागि नेदरल्याण्डस् र स्कटल्याण्डले प्रस्ताव स्वीकार गरिसकेका छन्। दक्षिण अफ्रिका पनि सकारात्मक रहेको छ।

नेपालले आगामी जेठ १८ देखि २७ सम्म दक्षिण अफ्रिकामा अभ्यास गर्ने तालिका छ। अभ्यास खेलपछि नेपाली टोली उतैबाट विश्वकप छनोटका लागि जिम्बाबेतर्फ लाग्नेछ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपाली टोलीले घरेलु मैदानमा एसीसी प्रिमियर कपको उपाधि उचाल्दै इर्मजिङ टिम्स एसिया कप र एसिया कपमा स्थान बनाएको थियो। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ।

त्यसअघि नेपालले घरेलु मैदानमा भएका आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा उच्च प्रर्दशनका साथ ओडिआई वरियता जोगाउँदै विश्वकप छनोटमा लागि स्थान बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .