ad ad

खेल


शतक बनाएपछि आशिफले ढोगे त्रिवि क्रिकेट मैदान

शतक बनाएपछि आशिफले ढोगे त्रिवि क्रिकेट मैदान

शतक पूरा गरेपछि आशिफ शेख। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १२:३, काठमाडौँ

नेपाली ओपनर आशिफ शेखले पपुवा न्युगिनीविरुद्धको खेलमा शतक बनाएका छन्। 

शेखले आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा शतक पूरा गरेका हुन्। एक दिवसीयमा यो उनको पहिलो शतक हो। 

ओपनरका रुपमा मैदान आएका उनले १०१ बलको सामना गर्दै शतक बनाएका हुन्।

आशिफले १०१ बलमा १० चौका र २ छक्का हान्दै शतक पूरा गरे। ३५ औं ओभरको अन्तिम लमा शतक पुरा गरेका हुन्।

शतक पूरा गरेपछि उनले त्रिवि क्रिकेट मैदानको जमिन ढोगे। यससँगै उनले दर्शकहरुसँग पनि सेलिब्रेसन गरे।

करिअरको पहिलो शतक हान्ने क्रममा आशिफले सर्वाधिक रन पनि बनाए। यसअघि वन डे क्रिकेटमा बनाएको ९० रन नै आशिफको सर्वाधिक रन थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .