फिफा विश्वकपको मिति नजिकिँदै गर्दा फ्रान्सलाई अर्को झट्का लागेको छ। फ्रेन्च तथा पीएसजीका मुख्य स्ट्राइकर केलियन एम्बापे घाइते भएपछि फ्रान्स तनावमा आएको हो।
लिग वान अन्तर्गत लोरियन्टसँगको खेलमा बायाँ जोड्नीमा चोट बोकेपछि अहिले फ्रान्स तनावमा छ। एम्बापे चोटिल भएपछि उनी विश्वकपमा उपलब्ध हुन्छन वा ह्दैनन् भन्ने बारेमा मेडिकल टिमले जाँच गरिरहेको छ।
एम्बापे घाइते भएको खेलमा पीएसजीले लोरेन्टलाई २–१ ले हराएको थियो। घाइते एम्बापेलाई सुरुवातमा बेन्चमा नै राखेर उपचार गरिएपनि पछि ड्रेसिङ रुममा लगिएको थियो।
डाक्टरहरुले उनलाई गम्भीर चोट लागेको आंशका गरेका छन्। तर यसबारेमा थप रिपोर्ट आउन भने बाँकी छ।
कात्तिक २१, २०७९, साेमबार
प्रतिक्रिया