अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा ब्राजिलले ट्युनिसियामाथि ५–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ।
मंगलबारको खेलमा ब्राजिललाई जित दिलाउने क्रममा रिफिन्हाले दुई गोल गरेका थिए।
त्यस्तै रिचार्लिसन, नेयमार र पेड्रोले १/१ गोल गरेका थिए।
विपक्षी टोलीको तर्फबाट मोन्टासार टाल्बीले एक गोल फर्काएका थिए।
खेलको ४२ औं मिनेटमा ट्युनिसियाका डिलान ब्रोन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
असोज १२, २०७९, बुधबार
66
Shares
प्रतिक्रिया