ad ad

खेल


डेनमार्कसँग हार्‍यो फ्रान्स

डेनमार्कसँग हार्‍यो फ्रान्स

नेपालखबर
असोज १०, २०७९ सोमबार ६:४६, काठमाडौँ

यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार राति भएको खेलमा फ्रान्स डेनमार्कसँग २–० गोल अन्तरले पराजित भएको छ।

आइतबार भएको खेलमा डेनमार्कलाई जित दिलाउने क्रममा खेलको ३३ औं मिनेटमा कास्पर डोलबर्ग र खेलको ३९ औं मिनेटमा आन्द्रेस स्कोभ ओल्सेनले १/१ गोल गरेका थिए। 

खेलको दुवै गोल पहिलो हाफमा भएको थियो। यससँगै समूह एमा रहेको फ्रान्सले ६ खेलबाट ५ अंक हात पारेको छ।

फ्रान्सले अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। त्यस्तै डेनमार्कले भने ६ खेलबाट १२ अंक हात पारेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .