ad ad

खेल


नेयमारलाई बेच्न खोज्दै पीएसजी, युभेन्टसद्वारा किन्न अस्वीकार

नेयमारलाई बेच्न खोज्दै पीएसजी, युभेन्टसद्वारा किन्न अस्वीकार

नेपालखबर
असार ११, २०७९ शनिबार १५:५८, काठमाडौँ

फुटबल इतिहासकै सबैभन्दा महंगा खेलाडी हुन् नेयमार जुनियर। २०१७ मा  फ्रान्सेली क्लब पीएसजीले २२ करोड युरो हालेर नेयमारलाई बार्सिलोनाबाट अनुबन्ध गरेको थियो। 

नेयमारले पीएसजीका लागि १४० खेलमा १०० गोल र ६० एसिस्ट गरेका छन्। यद्यपि उनलाई बेच्ने तयारीमा पीएसजी लागेको चर्चा छ। यही बर्खामा उनी अर्को क्लबमा जानसक्ने बताइएको छ।

बार्सिलोनामा लियोनल मेस्सीको छायाबाट उम्किन नेयमार पीएसजी आएको आकलन गरिएको थियो। तर, पीएसजीमा पनि उनी केलियन एम्बाप्पेको छायामा परे।

गत साल मेस्सी पनि पीएसजीमै आए भने यसै साल एम्बाप्पेले क्लबसँग नयाँ सम्झौता गरे। एम्बाप्पेसँग सम्झौता गर्दा नेयमारले क्लब छाड्ने बाचा गरिएको गाइँगुइँ पनि सुनिएको छ।

पछिल्लो समय नेयमारलाई इटलीको क्लब युभेन्टससामु ‘अफर’ गरिएको बताइएको छ। तर, युभेन्टसले त्यसलाई अस्वीकार गरेको बताइएको छ। त्यस्तै चेल्सी, बार्सिलोनालाई पनि नेयमारको सम्भावित गन्तव्यका रुपमा हेरिएको छ।

तर, नेयमारलाई किन्न कुनै पनि क्लबका लागि सजिलो भने हुने छैन। एक त क्लबले उनको शुल्क महंगो लिने प्रयास गर्नेछ। अर्कोतिर, उनको तलब पनि निकै उच्च छ।

उसो त उनलाई बेच्न पीएसजी हतारिनुको कारण सम्झौता एउटा सर्त रहेको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन्। जसअनुसार जुलाई १ सम्म अर्को क्लबमा नगए नेयमारको सम्झौता २०२७ सम्मका लागि स्वतः नवीकरण हुनेछ।

सो सम्झौता सकिँदा नेयमार ३५ वर्षका हुनेछन्। र सम्झौता रद्द गर्न उनलाई क्लबले २० करोड युरो बुझाउनुपर्ने हुन्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .