ad ad

खेल


संकटालाई हराउँदै मछिन्द्र आहा राराको सेमिफाइनलमा

संकटालाई हराउँदै मछिन्द्र आहा राराको सेमिफाइनलमा

नेपालखबर
माघ १०, २०७८ सोमबार १६:५५, काठमाडौँ

साविक विजेता संकटा क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब पोखरामा जारी २० औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

पोखरा रंगशालामा सोमबार भएको खेलमा मछिन्द्रले संकटा क्लबलाई ४–१ को फराकिलो अन्तरले पाखा लगाउँदै अन्तिम ४ मा स्थान पक्का गरेको हो। 

मछिन्द्रले अब फाइनलमा स्थान बनाउनका लागि बुधबार नेपाल एपीएफ फुटबल क्लबको सामना गर्नेछ। मछिन्द्रको जितमा मेसुके आलुमोउले दुई तथा अविशेष गुरुङ र उत्सव राईले एक एक गोल गरे। 

खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा ३ गोल थप्यो। 

खेलको १३ औँ मिनेटमा उत्सव राईले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाए। डिबक्स बाहिरबाट गरेको उत्सबकोे प्रहार संकटाका गोल रक्षकले बचाउने कुनै मौका पाएनन्। 

खेलको ४७ औँ मिनेटमा मेसुके ओउमाउले गोल गर्दै अग्रता दोब्बर पारे। एनआरटीबाट ए डिभिवज लिग खेलिरहेका मेसुके आहा रारा गोल्डकपका लागि मछिन्द्र पुगेका हुन्। 

खेलको ६३ औँ मिनेटमा गणेश हमालले गोल गर्दै संकटालाई २–१ को अवस्थामा ल्याए। 

८४ औँ मिनेटमा मछिन्द्रका कप्तान रेजिन धिमाललाई लडाएपछि पाएको फ्रिकीकमा ओमोलाजा नुरेन करिमको फ्रिकीक प्रहारलाई गोलरक्षकले बचाएपनि रिबाउण्डमा आएको बलाई अविशेक

गुरुङले पोष्टको जाली चुमाए। ८६ औँ मिनेटमा मेसुके ओलुमोउले व्यक्तीगत दोस्रो गोल गर्दै अग्रता फराकिलो पारे। 

प्रतियोगिताको अन्त्मि क्वार्टरफाइनल खेलमा मंगलबार त्रिभुवन आर्मी फुटबल क्लब र थ्रीस्टार क्लब खेल्नेछन्। 

प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ  तथा उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .