ad ad

खेल


प्रधानमन्त्री कप टी-२० क्रिकेट : एपीएफको अपराजित यात्रा जारी

प्रधानमन्त्री कप टी-२० क्रिकेट : एपीएफको अपराजित यात्रा जारी

नेपालखबर
पुस २९, २०७८ बिहिबार १८:२८, काठमाडौँ

गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा अपराजित यात्रा जारी राखेको छ। 

शुक्रबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई २ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। 

एपीएफले दिएको ९३ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो। गण्डकीका कप्तान विपिन खत्रीले ३६ र विधान श्रेष्ठले २९ रन बनाउन बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

एपीएफका कमल ऐरीले ३, किशोर महतोले २ तथा अविनाश बोहोराले एक विकेट लिए। 

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १८ दशमलव ४ ओभरमा ९२ रन जोड्दा अलआउट भयो। 

आजै भएको अर्को खेलमा प्रदेश २ लाई ४२ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले पहिलो जित दर्ता गरेको छ।

लुम्बिनीले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन मात्र बनाउन सक्यो। 

प्रदेश २ लाई कम स्कोरमा रोक्न अनिल खरेल एक्लैले ५ विकेट लिए। खेलको म्यान अफ दि म्याच समेत बनेका उनले आफ्नो स्पेलमा १ मेडन राख्दै १३ रन खर्चे। 
लुम्बिनीको जितमा देव खनाल र अनिल खरेल नायक बने। 

देव खनालले अर्धशतक प्रहार गरे। ३८ बलको सामना गरेका खरेलले ४ चौका र २ छक्का मद्दतमा ५४ रनको योगदान दिए। बसिर अहमद र सन्दीप रजालीले समान ३० रन थपे। 

प्रदेश २ का रुपेश सिंह र विवेक यादवले समान २ विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .