ad ad

खेल


पीएसजीमा मेस्सीको डेब्यु

पीएसजीमा मेस्सीको डेब्यु

नेपालखबर
भदौ १४, २०७८ सोमबार ११:५०, काठमाडौँ

अर्जेन्टिजी स्टार फरबर्ड लियोनल मेस्सीले फ्रान्सेली लिग वानअन्तर्गत राइम्सविरुद्धको खेलबाट पीएसजीमा डेब्यु गरेका छन्। 

आइतबार राति राइम्सको घरेलु मैदानमा भएको खेलमा मेस्सीले खेलको ६६औँ मिनेटमा डेब्यु गरेका हुन्। ​

३० नम्बरको जर्सीमा मैदान उत्रेका मेस्सीले नेयमारलाई रिप्लेस गरेका थिए। लामो समय बार्सिलोनामा बिताएका मेस्सीले करियरको दोस्रो क्लबका रुपमा पीएसजीबाट खेले। 

पीएसजीले राइम्सलाई २–० को अन्तरले पराजित गर्दा केलियन एम्पापेले नायक बने। एम्बापेले खेलको १६औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

एम्बापेले डि मारियाको क्रसमा हेडर गोल गरेका थिए। खेलको ६३औँ मिनेटमा एम्बापेले दोस्रो गोल गरे। दोस्रो गोल अच्राफ हाकिमीको क्रसमा गरेका थिए। 

यो सिजन एम्बापे पीएसजी छाडेर रियल मड्रिड जाने चलिरहेको छ। २२ वर्षिय एम्बापेले पीएसजीबाट १ सय ७५ खेलमा १ सय ३५ गोल गरेका छन्। 

टोलीका प्रशिक्षक मौरिसियो पोचेटिनोले एम्बापे पीएसजीमै रहने बताएका छन्। उनले भने, हाम्रो अध्यक्ष र खेल निर्देशकलाई विश्वास छ की उनी यही रहनेछन्। ्

पीएसजीबाट मेस्सीले खेल्ने भएपछि २० हजार टिकट विक्रि भएको थियो। यसअघि ६ हजार टिकट विक्रि हुँदै आएको थियो। 

जितसँगै ४ खेलबाट १२ अंक जोेडेको पीएसजी शीर्ष स्थानमा छ। 

गएरातिकै अन्य खेलमा मोनाकोले टोयर्सलाई २–१ ले , एञ्जर्सले रेन्सलाई २–०, स्तानबर्गले ब्रेस्टलाई ३–१ ले तथा लिलिीले मोन्टपिलरलाई २–१ ले हराए। क्लिमोन्ट र मिन्ट तथा लेन्स र लोरियन्टले २–२ को बराबरी गर्दै अंक बाँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .